default_image

3 years ago

September 1, 2021

काजकस्तान र युक्रेनको रोमाञ्चक बराबरी

एजेन्सी – खेलको अन्तिम समयमा दुवै टोलीले एक–एक गोल गरेपछि काजकस्तान र युक्रेनले कतार विश्वकप २०२२ अन्तरगतको युरोपियन छनोटमा रोमाञ्चक बराबरी खेलेका छन् । युक्रेनले खेलमा दुई पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा घरेलु टोली काजकस्तानसँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा काजकस्तानका लागि दुवै गोल भालिउलिनले गरे । पाहुना […]

43 views

0 Bookmark

एजेन्सी – खेलको अन्तिम समयमा दुवै टोलीले एक–एक गोल गरेपछि काजकस्तान र युक्रेनले कतार विश्वकप २०२२ अन्तरगतको युरोपियन छनोटमा रोमाञ्चक बराबरी खेलेका छन् ।

युक्रेनले खेलमा दुई पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा घरेलु टोली काजकस्तानसँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा काजकस्तानका लागि दुवै गोल भालिउलिनले गरे । पाहुना टोलीका रोमन यारेमचुक र ड्यानिलो सिकानले गोल गरे ।

एस्टाना एरिना एस्टाना काजकस्तानमा बुधबार राति भएको समूह ‘डी’ को चौथो राउन्डको खेलको खेलको दोस्रो मिनेटमा नै रोमन यारेमचुकको गोलबाट युक्रेनले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ७४औं मिनेटमा रुस्लान भालिउलिनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा सब्सिच्युट ड्यानिलो सिकानले गोल गर्दै युक्रेनलाई पुनः २–१ को अग्रता दिलाए । उनी ८२औं मिनेटमा इडुआर्ड सोवोलको स्थानमा मैदान छिरेका थिए । सिकानको गोल लगत्तै रुस्लान भालिउलिनले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

यो बराबरीपछि समूह ‘डी’ मा युक्रेन ४ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । काजकस्तान २ अंकसहित तेस्रो स्थानम रहेको छ । अपराजित फ्रान्स ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहँदा फिनल्यान्ड २ अंकसहित तेस्रो तथा १ अंक जोडेको बोस्निया एन्ड हर्जगोभिना पुछारमा छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.