3 years ago
September 2, 2021
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को छनोट खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलमा बोस्नियाका इडेन जेकोले गोल गर्दा घरेलु टोलीका एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए । […]
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को छनोट खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलमा बोस्नियाका इडेन जेकोले गोल गर्दा घरेलु टोलीका एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए ।
प्रतिस्पर्धात्मक खेलको ३६औं मिनेटम इडेन जेकोको गोलबाट बोस्नियाले अग्रता लिएको थियो । उनले इरमेडिन डिमिरोभिकको पासमा गोल गरेका थिए । त्यसको चार मिनेटपछि नै एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५१औं मिनेटमा फ्रान्स १० खेलाडीमा समेटिन पुग्यो । सिड कोलासिनाकमाथि फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै जुलेस कोउन्डेलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
त्यसपछि फ्रान्सले बराबरीलाई जोगाउन सफल हुदा बोस्नियाले फ्रान्स १० खेलाडीमा समेटिएको फाइदा उठाउन सकेन । १० खेलाडीमा समेटिएपनि फ्रान्सले बल पोसेसन राख्दै बोस्नियालाई दवाव बढाएपनि फिनिसिङ गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीपछि समूह ‘डी’ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानम रहेको छ । बोस्निया २ अंक जोडेर चौथो स्थानमा रहेको छ । युक्रेन ४ अंकसहित दोस्रो स्थानमा रहँदा समान २ अंक नै रहँदा फिनल्यान्ड तेस्रो तथा काजकस्तान पाँचौ स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा काजकस्तान र युक्रेनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]