default_image

3 years ago

September 2, 2021

नेपाल विरुद्ध भारत : युवा जोशको परीक्षा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारत दक्षिण एसियाली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । दक्षिण एसियाको सर्वाधिक सग्ल टोली भारत र छिमेकि प्रतिद्वन्द्वी नेपालबीचको खेलले खेलको माहोल नै छुट्टै बनाउने गर्दछ । नेपाल र भारत विहीबार दशरथ रंगशालामा ६ वर्षपछि उत्रदैछन् । यि दुई टोली तथा चार वर्षपछि अर्थात सन् २०१७ पछि पहिलोपटक आमाने–सामाने हुन […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारत दक्षिण एसियाली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । दक्षिण एसियाको सर्वाधिक सग्ल टोली भारत र छिमेकि प्रतिद्वन्द्वी नेपालबीचको खेलले खेलको माहोल नै छुट्टै बनाउने गर्दछ ।

नेपाल र भारत विहीबार दशरथ रंगशालामा ६ वर्षपछि उत्रदैछन् । यि दुई टोली तथा चार वर्षपछि अर्थात सन् २०१७ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ ।

दुवै टोली अर्काे महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको क्रममा छन् । सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसबेला भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियो ।

नेपाल र भारत दुवैतर्फ त्यस खेलपछि टोलीमा धेरै परिवर्तन भएका छन् । भारतका तीन खेलाडीले मात्र यसअघि नेपालविरुद्ध खेलेको अनुभव छ । नेपाली टोलीमा भने आधा दर्जन खेलाडीसँग त्यो अनुभव छ । प्रशिक्षक अलमुताइरीले पहिलो पटक घरेलु भूमिमा खेलाउँदै छन् । त्यसैले पनि युवा जोशमा खेलको ध्यान हुनेछ ।

‘गर्व गर्न लायक खेल हुनेछ’ प्रशिक्षक अलमुताइरी

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जितका लागि खेल्ने र गर्व गर्नलायक प्रदर्शन गर्ने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् । खेलको अघिल्लो दिन बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले भने, ‘समर्थक लागि खुसी होइन गर्व गर्न लायक प्रदर्शन गर्नेछौं । हामी इतिहास हेरेर होइन भविष्यका लागि खेल्नेछौ ।’

अलमुताइरीले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभएपनि त्यसले असर नपर्ने बताए । ‘विगतको नतिजा हेर्दा हामीले भारतविरुद्ध २ जित मात्र हासिल गरेका रहेछौं । तर त्यसले यो दुई खेलमा असर गर्दैन । हामी भविष्यलाई ध्यानमा राखेर तयारी गरिरहेका छौं । यो दुवै खेलमा जित हासिल गर्ने नै लक्ष्य हुनेछ,’ उनले थपे ।

६ महिना अघि नेपाली टोली सम्हालेका अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक दशरथ रंगशालमा खेल्दैछ । ‘नेपालमा त्यो पनि भारतविरुद्ध पहिलो पटक खेल्न पाउँदा खुसी छौं । भारत निकै बलियो टोली हो । वरियतामा हामी भन्दा धेरै माथि छन् । तर हामी उनीहरुलाई सजिलै खेल्न दिने छैनौं,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले भारतलाई दुई मैत्रीपूर्ण खेलमा हराउन सकेको खण्डमा फिफा वरियतामा ७ देखि १० स्थान उक्लने सम्भावना रहेको जनाउँदै भने, ‘वरीयतामा पनि असर पर्ने हुनाले हामी बराबरीका लागि होइन जित्नका लागि खेल्ने छौं ।’ भारतविरुद्ध रक्षात्मक रणनीतिमा नखेल्ने र नयाँ खेलाडीले पनि मौका पाउने उनले बताए ।

उनले टोलीको मानसिकतामा परिवर्तन गरेको दाबी गरे । उनले भने, ‘मानसिकतामा परिवर्तन नहुँदा सम्म कहि पुगिन्न ।’ उनले साफ र एसिया कप तयारीलाई मध्यनजर गर्दै टोलीको तयारी भइरहेको पनि बताए ।

‘टोली शारीरिक र मानसिक रुपमा तयार’ – कप्तान किरण

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले नेपाली टोली भारतविरुद्धको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार रहेको बताएका छन् । किरणले दुई महिनादेखि टोली तयारीमा रहेकोले शारीरिक रुपमा पनि राम्रो अवस्थामा रहेको बताउँदै घरेलु मैदानमा भारतविरुद्ध खेल्न पाउनुले आउने साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताए ।

‘यो हाम्रो लागि राम्रो मौका हो । साफ खेल्नुअघि हाम्रो बलियो र कमजोर पक्ष थाहा पाउन यसले मद्दत गर्नेछ,’ किरणले भने, ‘खेल फिफा डेटमा हुन लागेको छ । वरीयतामा असर गर्ने भएर पनि हाम्रो लागि यो जरुरी खेल हो । इज्जतका लागि खेल्छौं । नतिजा आफ्नो ठाँउमा छ । खेल पक्कैपनि निकै प्रतिस्पर्धात्मक हुने छ ।’

‘भारतलाई हामीले कहिल्यै सहज लिएका छैनौं । हामीले पनि राम्रो प्रदर्शन गर्दै आएका छौं,’ उनले भने । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिक रुपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको बताएका छन् । भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमध्य विहीबार हुने पहिलो खेलअघि बोल्दै कप्तान किरणले टोलीको तयारी राम्रो रहेको बताए ।

‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिक रुपमा मात्र बलिया थियौं’, अलमुताइरीको तारिफमा उनले भने, ‘ अहिले हामीलाई उहाँले मानसिक रुपमा पनि बलियो बनाउनुभएको छ । हाम्रो प्रशिक्षक मात्र होइनन्, बाबु समान व्यवहार गर्नुहुन्छ । टोलीको मनोबल पनि उच्च छ ।’ किरण भारतविरुद्ध खेलमा उत्रिए ७३ औं पटक राष्ट्रिय टोलीबाट खेल्नेछन् । उनले यससँगै विराज महर्जनको राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबर गर्नेछन् ।

यो उपलब्धि हासिल गर्न पाउँदा निकै खुसी रहेको उनले बताए । ‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ उनले भने ।

‘घरेलु टोलीसँग खेल्न सहज हुनेछैन’ – भारतीय प्रशिक्षक स्टिमाच

भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाचले घरेलु टोली नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दै धन्यवाद दिएका छन् । उनले आउने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय प्रशिक्षकले पछिल्लो समय नेपालले प्रदर्शनका सुधार गरिरहेको र आफ्नो नेपाली समकक्षी प्रशिक्षकले टोलीलाई राम्रो गरिरहेको बताए । उनले भने, ‘नेपाली टोलीले रक्षापक्तिमा निकै राम्रो गरेको छ । युवा खेलाडीलाई पनि मौका दिइरहेको छ । हामीले पनि राम्रो तयारी गर्न पाएका छैनौं,’ उनले भने, ‘यसले हाम्रो साफ च्याम्पियनसिपको तयारीमा मद्दत पुग्नेछ ।’

प्रशिक्षक स्टिमाच टोलीमा रहेका युवा खेलाडीलाई पनि अवसर दिने बताए । ‘हामीसँग टोलीमा युवा खेलाडी पनि छन् । सम्भवत सेरीटन फर्नान्डेसले दोस्रो खेलमा डेब्यु गर्नेछन् । उनी टोलीमा भर्खर आएकाले पनि पहिलो खेल नखेल्न सक्छन् । गोलरक्षक धिरज पनि युवा नै छन् । उनलाई हामीले भविष्यको रुपमा लिएका छौं ।’ स्टिमाचले भने ।

‘नेपाल कठिन प्रतिद्धन्द्धी’ भारतीय कप्तान क्षेत्री

भारतीय कप्तान सुनिल क्षेत्रीले नेपालसँग खेल्न सधै कठिन हुने बताएका छन् । ‘हामीले पछिल्लो पटक सन् २०१५ मा विश्वकप छनोट खेल्दा गोलरहित बराबरीमा टुंगिएको थियो । त्यो खेलमा पनि हामीलाई सहज थिएन ।’ पछिल्लो पटक खेलेको भन्दा टोलीमा केहि परिवर्तन देखिएपनि नेपाल जहिले चुनौतीपूर्ण टोली हो ।

नेपाली टोलीले बाहिर र घरेलु मैदानमा खेल्दा फरक हुन्छ ।’ उनले भने, ‘त्यसमा पनि घरेलु मैदानमा खेल्दा उनीहरु फरक हुन्छन् । त्यसैले खेल सजिलो हुनेछैन । तीव्र प्रतिस्पर्धात्मक खेल हुनेछ ।’

सुनिलले मैत्रीपूर्ण खेल आयोजना र व्यवस्थापनका लागि एन्फा र नेपाल सरकारलाई पुनः धन्यवाद दिए । उनले नेपालमा आफ्नो मामाघर र पुर्खा रहेका कारण पनि भावनात्मक रुपमा केहि नजिक रहेको स्वीकारे । तर खेल मैदानमा पसेपछि भने खेलमा त्यसले असर नगर्ने उनको बुझाइ छ ।

रंगशालामा दर्शकलाई प्रवेश

नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकलाइै प्रवेश दिइने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

दशरथ रंगशालामा बुधबार साँझ ५:३० बजे सुरु हुने पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दुवै खोप लगाएकाले खोप कार्ड देखाउने तथा खोप नलगाएकाले पिसीआर परिक्षणको रिपोर्ट देखाउनु पर्नेछ ।

सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ । एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् ।

मन्त्रालय र प्रशासनबाट आवश्यक स्वीकृति आइसकेको उनले जानकारी दिए । दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ । टिकट मूल्य निर्धारण गरिएको छ । भिआइपीतर्फ २ हजार र साधारणतर्फ १ हजार टिकटको मुल्य तोकिएको छ ।

यो पनि : भारतीय कप्तान सुनिलको नेपाल सम्बन्ध

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.