default_image

3 years ago

September 2, 2021

रोनाल्डोको १११ गोल, ३० वर्ष कटेपछि झनै सशक्त

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगतको युरोपियन छनोट खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले रिपब्लिक अफ आयरल्यान्डविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । रोनाल्डोले इरानका अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै राखेको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् । पाँच […]

41 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगतको युरोपियन छनोट खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले रिपब्लिक अफ आयरल्यान्डविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

रोनाल्डोले इरानका अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै राखेको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् । पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले सन् २००३ देखि हालसम्म १ सय ८०औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । रोनाल्डोले ४४ राष्ट्रविरुद्ध गोल गरेका छन् ।

३६ वर्षीय रोनाल्डोले दुई राष्ट्र लिथुआनिया र स्वीडेनविरुद्ध सबैभन्दा धेरै ७ गोल गरेका छन् । विशेषगरी रोनाल्डोले ३० वर्ष पार गरेपछि बढी गोल गरेका छन् । उनले पछिल्ला ६ वर्षमा ५६ गोल गरेका छन् ।

रोनाल्डोले यो कीर्तिमान बनाउन कुन वर्षमा कति गोल गोल र कुन राष्ट्रविरुद्ध गोल गरे त्यो केलाउने प्रयास गरेका छौं ।

रोनाल्डोको वार्षिक गोल:

सन् २००३ (दुई खेल शुन्य गोल)

सन् २००४ (१६ खेल ७ गोल)

सन् २००५ (११ खेल २ गोल)

सन् २००६ (१४ खेल ६ गोल)

सन् २००७ (१० खेल ५ गोल)

सन् २००८ (८ खेल १ गोल)

सन् २००९ (७ खेल १ गोल)

सन् २०१० (११ खेल ३ गोल)

सन् २०११ (८ खेल ७ गोल)

सन् २०१२ (१३ खेल ५ गोल)

सन् २०१३ (९ खेल १० गोल)

सन् २०१४ (९ खेल ५ गोल)

सन् २०१५ (५ खेल ३ गोल)

सन् २०१६ (१३ खेल १३ गोल)

सन् २०१७ (११ खेल ११ गोल)

सन् २०१८ (७ खेल ६ गोल)

सन् २०१९ (१० खेल १४ गोल)

सन् २०२० (६ खेल ३ गोल)

सन् २०२१ (१० खेल ९ गोल)

रोनाल्डोले गोल गरेका विपक्षी टोली :

लिथुआनियाविरुद्ध ७ गोल

स्वीडेनविरुद्ध ७ गोल

एन्डोराविरुद्ध ६ गोल

अर्मेनियाविरुद्ध ५ गोल

लात्भियाविरुद्ध ५ गोल

लक्जेमवर्गविरुद्ध ५ गोल

इस्टोनियाविरुद्ध ४ गोल

फारोइ आइल्यान्डविरुद्ध ४ गोल

हंगेरीविरुद्ध ४ गोल

नेदरल्यान्ड्सविरुद्ध ४ गोल

बेल्जियमविरुद्ध ३ गोल

डेनमार्कविरुद्ध ३ गोल

नर्दन आयरल्यान्डविरुद्ध ३ गोल

रसियाविरुद्ध ३ गोल

स्पेनविरुद्ध ३ गोल

स्वीट्जरल्यान्डविरुद्ध ३ गोल

अजरवैजानविरुद्ध २ गोल

बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २ गोल

क्यामरुनविरुद्ध २ गोल

साइप्रसविरुद्ध २ गोल

चेक रिपब्लिकविरुद्ध २ गोल

इजिप्टविरुद्ध २ गोल

काजकस्तानविरुद्ध २ गोल

साउदी अरेबियाविरुद्ध २ गोल

फ्रान्सविरुद्ध २ गोल

उत्तरी आयरल्यान्डविरुद्ध २ गोल

अर्जेन्टिनाविरुद्ध १ गोल

क्रोएसियाविरुद्ध १ गोल

इक्वेडरविरुद्ध १ गोल

फिनल्यान्डविरुद्ध १ गोल

घानाविरुद्ध १ गोल

ग्रीसविरुद्ध १ गोल

आइसल्यान्डविरुद्ध १ गोल

इरानविरुद्ध १ गोल

मोरोक्कोविरुद्ध १ गोल

जर्मनीविरुद्ध १ गोल

वेल्सविरुद्ध १ गोल

युक्रेनविरुद्ध १ गोल

स्लोभाकियाविरुद्ध १ गोल

सर्वियाविरुद्ध १ गोल

पोल्यान्डविरुद्ध १ गोल

पानामाविरुद्ध १ गोल

नर्थ कोरियाविरुद्ध १ गोल

न्युजिल्यान्डविरुद्ध १ गोल

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.