default_image

3 years ago

September 2, 2021

विराजको कीर्तिमानसँग किरणको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यसअघिका कप्तान रहेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने कीर्तिमानलाई बराबरी गर्दैछन् । किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा खेल्दै विराजको कीर्तिमानलाई बराबरी गर्न लागेका हुन् । विराजले यसअघि नेपालका लागि ७३ क्याप जितेका थिए । विराजले यो कीर्तिमान […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यसअघिका कप्तान रहेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने कीर्तिमानलाई बराबरी गर्दैछन् ।

किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा खेल्दै विराजको कीर्तिमानलाई बराबरी गर्न लागेका हुन् ।

विराजले यसअघि नेपालका लागि ७३ क्याप जितेका थिए । विराजले यो कीर्तिमान गत चैतमा नेपालमा आयोजना भएको थ्री नेसन्स कपमा बनाएका थिए । उनी बंगलादेशविरुद्धको फाइनल खेलको नियमिति खेल सकिन १ मिनेट बाँकी रहँदा त्रिदेव गुरुङको सट्टा मैदान प्रवेश गरेका थिए । उनले थ्री नेसन्स कपपछि राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए ।

किरण लामो समयदेखि नेपाली टोलीको पहिलो रोजाईका गोलरक्षक हुन् । किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध पहिलो रोजाईमै डेब्यु गर्दा २४औं मिनेटमा घाइते हुन पुगेपछि उनको स्थानमा रितेश थापाले खेलेका थिए । त्यसको ९ महिनापछि नै फुटबलमा पूनरागमन गरेपनि उनी राष्ट्रिय टोलीबाट खेल्न झन्डै तीन वर्ष कुर्नुपरेको थियो । त्यसयता उनी राष्ट्रिया टोलीको नियमित सदस्य छन् ।

राष्ट्रिय टोलीमा १३ वर्षको यात्रामा उनले यो कीर्तिमान भेट्टाएका हुन् । बुधबार प्रि म्याचमा कन्फ्रेन्समा किरणले यो उपलब्धि हासिल गर्न पाउँदा निकै खुशी रहेको बताएका थिए । ‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

उनी भारतविरुद्धकै मैत्रीपुर्ण खेलबाट नेपालको सर्वाधिक क्याप जित्न सक्ने खेलाडी हुन सक्नेछन् । पहिलो रोजाईका गोलरक्षक रहेका किरणलाई प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौका दिन सक्नेछन् । तर, मैत्रीपुर्ण सिरिजमा टोलीमा चार गोलरक्षक रहेका कारण पनि प्रशिक्षक अलमुताइरीले किरणलाई विश्राम दिदै नयाँ खेलाडीलाई अवसर दिन सक्नेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.