default_image

3 years ago

September 2, 2021

भारतविरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी प्रतिद्धन्द्धी भारतविरुद्धको पहिलो मैत्रीपुर्ण खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हाल्नेछन् । नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुमन अर्यालले साथ दिनेछ । मिडफिल्डमा पुजन उपरकोटीसँगै तेज तामाङ र सुमन लामा रहनेछन् । अन्जन विष्ट, […]

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी प्रतिद्धन्द्धी भारतविरुद्धको पहिलो मैत्रीपुर्ण खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हाल्नेछन् ।

नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुमन अर्यालले साथ दिनेछ । मिडफिल्डमा पुजन उपरकोटीसँगै तेज तामाङ र सुमन लामा रहनेछन् । अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानले टोलीको अग्रपङ्ति सम्हाल्नेछन् ।

गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट ७३औं खेल खेल्दै सर्वाधिक क्याप जित्दैछन् । उनले यसअघिका कप्तान विराज महर्जनको कीर्तिमानलाई बराबरी गरेका छन् ।

अष्ट्रेलियाविरुद्धको विश्वकप छनोटमा डेब्यु गरेका आयुष घलानले पहिलोपटक पहिलो रोजाईमा मौका पाएका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.