default_image

3 years ago

September 5, 2021

राष्ट्रिय टोलीमा गोलरक्षक विशालको ‘डेब्यु’

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक विशाल श्रेष्ठले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन् । भारतविरुद्ध घरेलु मैदानमा भएको दोस्रो मैत्रीपुर्ण खेलमा विशालले कप्तान तथा पहिलो रोजाईका गोलरक्षको स्थान लिदै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । उनी ८६औं मिनेटमा कप्तान किरण चेम्जोङको स्थानमा मैदान छिर्दै राष्ट्रिय टोलीबट डेब्यु गरेका हुन् । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक विशाल श्रेष्ठले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन् । भारतविरुद्ध घरेलु मैदानमा भएको दोस्रो मैत्रीपुर्ण खेलमा विशालले कप्तान तथा पहिलो रोजाईका गोलरक्षको स्थान लिदै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

उनी ८६औं मिनेटमा कप्तान किरण चेम्जोङको स्थानमा मैदान छिर्दै राष्ट्रिय टोलीबट डेब्यु गरेका हुन् । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका गोलरक्षक समेत रहेका विशाल राष्ट्रिय टोलीमा दशक भन्दा लामो समय टोलीमा रहेपनि डेब्युको अवसर पाएका थिएनन् । सन् २०११ मा विश्वकप छनोटका दौरान विशाल पहिलो पटक टोलीमा परेका थिए । त्यसयता किरण पहिलो रोजाईमा रहँदा विकेश कुथु र विशाल श्रेष्ठ वैकल्पिक गोलरक्षकको रुपमा रहेका थिए ।

यसबीचमा दुई पटक चोटका कारण टोलीबाहिर रहेका उनी राष्ट्रिय टोलीमा भने रहँदै आएका छन् । उनले मनाङ मर्स्याङ्दीबाट पनि लिग उपाधि जितेका छन् । उनी घरेलु फुटबलमा पटक पटक उत्कृष्ट गोलरक्षक बनेका छन् ।

विशाल पछिल्लोपटक थ्री नेसन्स कपसँगै इराक र कुवेत भ्रमणको टोलीमा परेका थिएनन् । उनले यसपटक टोलीमा पुनरागमन गरेका हुन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.