default_image

3 years ago

September 2, 2021

नेपाल भारतसँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – एक गोलको अग्रता जोगाउन नसक्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा भारतसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमा अन्जन विष्टको क्रसलाई भारतीय गोलरक्षक गुरुप्रित सिंह सन्धुले सहजै नियन्त्रणमा लिए । आठौं मिनेटमा लिस्टन कोलाकोले मैदानको मध्यभागबाट बल […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एक गोलको अग्रता जोगाउन नसक्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा भारतसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमा अन्जन विष्टको क्रसलाई भारतीय गोलरक्षक गुरुप्रित सिंह सन्धुले सहजै नियन्त्रणमा लिए । आठौं मिनेटमा लिस्टन कोलाकोले मैदानको मध्यभागबाट बल अघि बढाउदै गरेको क्रसमा नेपाललाई कुनै खतरा भएन ।

२४औं मिनेटमा ब्रँनडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गर्दै खतरा टारे । २६औं मिनेटमा आयुष घलानको क्रसलाई फरवार्ड नवयुग श्रेष्ठले जर्ज गर्न सकेन । २८औं मिनेटमा पुजन उपरकोटीको प्रहार फितलो बन्यो । ३२औं मिनेटमा सुमन लामालाई फउल गरेपछिको प्राप्त फ्रिकिकमा अन्जन विष्टको प्रहार आकासिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएका हुन् । चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् । ५०औं मिनेटमा गोलरक्षक किरणले गल्ती गर्दा भारतले पाएको फ्रिकिकलाई किरणले नियन्त्रणमा लिदै बराबरी टारे ।

६०औं मिनेटमा सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

पहिलो हाफमा १–० ले पछि परेको भारतले दोस्रो हाफमा नेपाललाई दवाव बढाउँदै गोल गर्न सफल भएको थियो । ७९औं मिनेटमा मनिष डाँगीको क्रसमा विशाल राईको प्रहार फितलो बन्दा नेपालले अग्रता लिने अवसर चुकायो । उनले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएका थिए । त्यसपछि दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ । नेपाल र भारत दुवै टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको छ । साफ च्याम्पियनसिप अर्काे महिना माल्दिभ्समा आयोजना हुदैछ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.