default_image

3 years ago

September 3, 2021

मार्टिनेज चम्कदा अर्जेन्टिनाको सानदार जित

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका फरवार्ड लोउटारो मार्टिनेजले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई पराजित गरेको छ । कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको भेनेजुएलामाथि ३–१ को सहज जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज, जोआक्विन कोरेआ र एन्जल […]

44 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका फरवार्ड लोउटारो मार्टिनेजले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई पराजित गरेको छ ।

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको भेनेजुएलामाथि ३–१ को सहज जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज, जोआक्विन कोरेआ र एन्जल कोरेआले समान एक गोल गरे । घरेलु टोलीका यफेर्सन सोटेल्डोले एक गोल फर्काए ।

शुक्रबार बिहान भएको खेलको १२औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहार क्रसबारमा लागेर फर्कदा अर्जेन्टिना अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा जोश भेलाक्वेजको स्थानमा मैदान छिरेका लुइस मार्टिनेज ३२औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो । उनले मेस्सीमाथि फल गरेका थिए । भिएआरको सहायतामा लुइस मार्टिनेजलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो ।

त्यसको फाइदा अर्जेन्टिनाले उठाउन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । उनले जियोभानी लो सेल्सोको पासमा गोल गरेका थिए । ६८औं मिनेटमा सोटेल्डोले खेललाई बराबरी गर्ने सुवर्ण अवसर खेर फाले ।

७१औं मिनेटमा सब्सिच्युट जोआक्विन कोरेआले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा जियोभानी लो सेल्सोको स्थानमा मैदान छिरेका उनले लोउटारो मार्टिनेजको पासमा गोल गरेका थिए । ७४औं मिनेटमा अर्का सब्सिच्युट खेलाडी एन्जल कोरेआले गोल गर्दै अर्जेन्टिनालाई ३–० ले अघि बढाए ।

एन्जल कोरेआ ६२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका थिए । ९०औं मिनेटमा यफेर्सन सोटेल्डोले पेनाल्टीमार्फत एक गोल फर्काएपनि टोलीको हार टार्न सकेन ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो चौथो जित हो । अर्जेन्टिना ७ खेलबाट ४ जित र ३ बराबरीका साथ १५ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको छ । ब्राजिल शीर्षस्थानमा रहेको छ । पराजित भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

अन्य नतिजा
बोलिभियाविरुद्ध कोलम्विया (१–१)
इक्वेडरविरुद्ध पाराग्वे (–०)

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.