default_image

3 years ago

September 3, 2021

ब्राजिलले चिलीलाई हरायो

एजेन्सी – ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार सातौ जित दर्ता गर्दा चिलीलाई पराजित गरेको छ । सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोको गोलमा ब्राजिलले चिलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । उनले दोस्रो हाफमा गोल गरेका थिए । चिलीमा शुक्रबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको २७औं मिनेटमा ब्राजिलले पहिलो आक्रमण बुनेको थियो । गाब्रियल बार्बाेसाको […]

47 views

0 Bookmark

एजेन्सी – ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार सातौ जित दर्ता गर्दा चिलीलाई पराजित गरेको छ । सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोको गोलमा ब्राजिलले चिलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

उनले दोस्रो हाफमा गोल गरेका थिए । चिलीमा शुक्रबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको २७औं मिनेटमा ब्राजिलले पहिलो आक्रमण बुनेको थियो । गाब्रियल बार्बाेसाको पासमा नेयमारले प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

३०औं मिनेटमा एलिसन बेकर र इडर्सन मोराएसको अनुपस्थितिमा गोलपोस्ट सम्हाल्ने मौका पाएका वेभेर्टेनले दोहोरो बचाउ गर्दै ब्राजिलको खतरा टारे । आर्टुरो भिडालको फ्रिकिकलाई मुस्किलले बचाएका वेभेर्टेनले त्यसबाट फर्किएको बलमा इडुआर्डाे भर्गासको प्रहारलाई पनि विफल पारेका थिए ।

३३औं मिनेटमा इभान मोरालेसले गोल गरेपनि उनले बल पाउनुअघिको मुभमा मिना अफसाइड हुदा गोलले मान्यता पाएन । ४०औं मिनेटमा वेभेर्टेनले अर्काे सुन्दर बचाउ गर्दै ब्राजिललाई पहिलो हाफमा बराबरीमा राखे ।

पहिलो हाफमा दवाव झेलेको ब्राजिलले ६४औं मिनेटमा सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोको गोलबाट अग्रता लियो । नेयमारको प्रहारलाई चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले बचाएपनि रिवाउन्डमा एभर्टन रिवेइरोले गोल गर्न सफल भएका थिए । उनी ४६औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका थिए ।

प्रिमियर लिग खेल्ने ९ खेलाडीको अनुपस्थितिमा ब्राजिलले चिलीसँग दवावमा खेल्नुपरेको थियो । अग्रता लिएपछि ब्राजिलले उक्त अग्रतालाई जोगाउँदै छनोटमा लगातार सातौ जित दर्ता गर्न सफल भयो । गोलरक्षकद्धय एलिसन बेकर र इडर्सन मोराएस, थियागो सिल्भा, फाविन्हो, इमर्सन, फ्रेड, रोबर्टाे फिर्मिनो, गाब्रियल जेसस र रिचार्लीसन अन्तर्राष्ट्रिय विश्राममा अनुपस्थित छन् ।

लगातार सातौ जित निकालेपछि ब्राजिल विश्वकपको छनोट नजिक पुगेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलले यसअघि बोलिभिया, पेरु, भेनेजुएला, उरुग्वे, इक्वेर र पाराग्वेलाई पराजित गरेको थियो ।

अब ब्राजिलले २ अंक जोड्न सके कतार विश्वकपमा स्थान पक्का गर्नेछ । ब्राजिलको ७ खेलबाट २१ अंक छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १५ अंक छ । पराजित चिली ७ खेलबाट ६ अंक जोडेर सातौ स्थानमा रहेको छ । दक्षिण अमेरिकाबाट ४ राष्ट्रले विश्वकपमा स्थान बनाउनेछ । छनोटमा पाचौ स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्नेछ ।

यस्तै अर्काे खेलमा पेरु र उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पेरुका रेनाटो तापियाले गोल गर्दा उरुग्वेका जिओर्जियन डि एरासकाइटाले बराबरी गोल फर्काए ।

बराबरीपछि उरुग्वे ७ खेलबाट ९ अंक जोडेर चौथो स्थानमा रहेको छ । पेरु ७ खेलबाटै ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अन्य नतिजा
बोलिभियाविरुद्ध कोलम्विया (१–१)
इक्वेडरविरुद्ध पाराग्वे (–०)

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.