default_image

3 years ago

September 3, 2021

वेर्नर र सानेको गोलमा जर्मनी विजयी

एजेन्सी – फरवार्ड टिमो वेर्नर र मिडफिल्डर लिरोए सानेको गोल मद्दतमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लिचेस्टाइनमाथि २–० को सहज जित दर्ता गरेको छ । क्यावुनपार्क सेन्ट गल्लेन स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा जर्मनीले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको लाग ४१औं मिनेट कुर्नुपरेको थियो । टिमो वेर्नरले जमल मुसिएलाको […]

32 views

0 Bookmark

एजेन्सी – फरवार्ड टिमो वेर्नर र मिडफिल्डर लिरोए सानेको गोल मद्दतमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लिचेस्टाइनमाथि २–० को सहज जित दर्ता गरेको छ ।

क्यावुनपार्क सेन्ट गल्लेन स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा जर्मनीले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको लाग ४१औं मिनेट कुर्नुपरेको थियो । टिमो वेर्नरले जमल मुसिएलाको पासमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । जर्मनीका लागि ४६औं खेलमा उनको यो १६औं अन्तर्राष्ट्रिय गोल हो ।

७७औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीको जित पक्का गरे । उनले लियोन गोरेट्जकाको पासलाई सदुपयोग गरेका थिए । जर्मनीले खेलभर ३० सट प्रहार गर्दा लिचेस्टाइनको रक्षापङ्ति निकै व्यस्त बनेको थियो । काउन्टर अट्याकमा ध्यान दिएको लिचेस्टाइनले २ सट मात्रै प्रहार गरेको थियो ।

यस्तै अर्काे खेलमा रोमानियाले आइसल्यान्डलाई २–० ले पराजित गरेको छ । रोमानियाको जितमा डेनिस मान र निकोलस स्टानसियुले गोल गरे । अर्काे खेलमा नर्थ म्यासेडोनिया र अर्मेनियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो नतिजापछि समूह ‘जे’ मा अर्मेनिया ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा जर्मनी ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नर्थ म्यासेडोनिया ७ अंकसहित तेस्रो स्थानमा रहँदा रोमानिया ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । आइसल्यान्डको ३ अंक रहँदा लिचेस्टाइन अंकविहीन हुदै पुछारमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.