default_image

3 years ago

September 3, 2021

रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी नै लगाउने भएका छन् ।युनाइटेडले १२ वर्षपछि क्लबमा फर्किएका रोनाल्डोलाई ७ नम्बरको जर्सी दिने निर्णय गरेको हो । रोनाल्डोले लामो समयदेखि ७ नम्वरको जर्सी लगाउँदै आएका छन् । ‘हामी सबैलाई थाहा छ, जर्सी नम्बर ७ युनाइटेडको इतिहासमा एक विशेष नम्वर हो । […]

79 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी नै लगाउने भएका छन् ।
युनाइटेडले १२ वर्षपछि क्लबमा फर्किएका रोनाल्डोलाई ७ नम्बरको जर्सी दिने निर्णय गरेको हो ।

रोनाल्डोले लामो समयदेखि ७ नम्वरको जर्सी लगाउँदै आएका छन् । ‘हामी सबैलाई थाहा छ, जर्सी नम्बर ७ युनाइटेडको इतिहासमा एक विशेष नम्वर हो । यो जर्सी पहिले जर्ज बेस्ट, ब्रायन रोब्सन, एरिक क्यान्टोना र डेभिड बेकह्यामजस्ता क्लबका आइकनहरुले लगाएका थिए । अब यो बेकह्यामपछिका अर्का आइकन रोनाल्डोले फेरी लगाउनेछन्,’ म्यानचेस्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रोनाल्डोले एडिन्सन काभानीबाट यो नम्बर पाउन लागेका हुन् । काभानीले गत सिजन युनाइटेडमा ७ नम्बर जर्सी लगाएका थिए । काभानीले यो सिजन वल्भ्सविरुद्ध जित निकालेको खेलमा यो जर्सी लगाएर खेलेका थिए । तर काभानी आफैंले पनि रोनाल्डोलाई नम्बर दिन राजी भएपछि रोनाल्डोले ७ नम्बर लगाउनेछन् । काभानीले भने उरुग्वेको राष्ट्रिय टोलीबाट लगाउँदै आएको २१ नम्बर जर्सी लगाउनेछन् ।

अन्तर्राष्ट्रिय ब्रेकपछि म्यानचेस्टर युनाइटेडले ११ सेप्टेम्वरमा न्युक्यासलसँग उसकै मैदानमा खेल्दैछ । यही खेलबाट रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रोपटक डेब्यु गर्ने सम्भावना छ । बुधबार राति फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा उत्तरी आयरल्यान्डविरुद्ध दुई गोल गर्दै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टोलीबाट फुकुवा गरिसकेको छ ।

दोस्रो गोल गरेपछि गोलको खुशीयाली मनाउँदा जर्सी फुकालेपछि उनले पहेँलो कार्ड पाएका थिए । उक्त कार्डपछि उनले एक खेल गुमाउने पक्का भएपछि पोर्चुगलको राष्ट्रिय टोलीले फुकुवा गरिसकेको छ । रोनाल्डो अब कम्तीमा पनि ५ दिन आइसोलेसनमा बस्नेछन् ।

युनाइटेडले ३६ वर्षीय रोनाल्डो २० मिलियन पाउन्डमा दुई वर्षको सम्झौता गरेका छन् । यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । त्यससमय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।

पाँच पटकको बालोन डी’ ओर विजेता रोनाल्डोले सन् २००९ मा इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल म्यड्रिड पुगेका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स पुगेका थिए ।

रोनाल्डो र जर्सी नम्बर ७

रोनाल्डोले यसअघि युनाइटेडको निकै प्रतिष्ठित जर्सी नम्बर ७ लगाएर करिअरमा उडान भरेका थिए । उनीपछि युनाइटेडमा अन्य खेलाडीले जर्सी नम्बर ७ प्रयोग गरेपनि कसैले राम्रो छाप बसाउन सकेका छैनन् । रोनाल्डोपछि एन्टोनियो भ्यालेन्सिया, एन्जल डी मारिया, मेम्फिस डिपाए र एडिन्सन काभानीले यो नम्बर प्रयोग गरेका छन् ।

यसअघि रियल म्याड्रिड जाँदा भने रोनाल्डोले सुरुवाती सिजन जर्सी नम्बर ९ प्रयोग गरेका थिए । क्लबका कप्तान राउलले ७ नम्बर जर्सी प्रयोग गरेकाले उनी ९ नम्बर लगाउन बाध्य भएका थिए । अर्को सिजन राउल जर्मन क्लब साल्के गएपछि रोनाल्डोले ७ नम्बर नियमित लगाएका थिए ।

यता युभेन्टसमा भने उनले अर्का खेलाडीबाट ७ नम्बर जर्सी लिएका थिए । रोनाल्डोले युभेन्टससँग सम्झौता गरेपछि आफूलाई ७ नम्बर जर्सी दिन सकिनेबारे सोधेका थिए । त्यसको जवाफमा क्लब सकारात्मक रहेको थियो । त्यसबेला ७ नम्बर लगाएका जुआन क्वाडराडो आफैंले रोनाल्डोलाई जर्सी नम्बर ७ दिनु आफूलाई खुसीको कुरा रहेको बताएका थिए । रोनाल्डोले ७ नम्बर लगाएपछि उनले १६ नम्बर जर्सी रोजेका थिए ।

रोनाल्डोले आफ्नो करिअरमा यसअघि जर्सी नम्बर २८ पनि प्रयोग गरेका थिए । उनले स्पोर्टिङ लिस्बनमा यो नम्बर लगाएका थिए । रोनाल्डोले युनाइटेड आएपछि पनि २८ नम्बर लगाउन खोजेका थिए, तर सर एलेक्स फर्गुसनले उनलाई ७ नम्बर लगाउन भनेका थिए । रोनाल्डोले राष्ट्रिय टोलीबाट १७ नम्बर पनि प्रयोग गरेका छन् ।

यो पनि : पोर्चुगलद्वारा रोनाल्डोलाई फुकुवा

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.