default_image

3 years ago

September 4, 2021

अझैपनि कीर्तिमान पछ्याउँदै मेस्सी र रोनाल्डो

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जुन क्लबबाट हुर्के र सफल व्यवसायिक खेलाडी बने, करिअरको उत्तर्रार्द्धमा पुन: म्यानचेस्टर युनाइटेड फर्किएका छन् । त्यस्तै लिओनेल मेस्सीले पनि बार्सिलोनासँग झन्डै २ दशक सम्बन्ध अन्त्य गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । फुटबलमा चलिआएको सिलसिला हेर्ने हो भने उमेर अनुसार दुवै खेलाडी सामान्यतया अब करिअर बिट मार्ने […]

73 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जुन क्लबबाट हुर्के र सफल व्यवसायिक खेलाडी बने, करिअरको उत्तर्रार्द्धमा पुन: म्यानचेस्टर युनाइटेड फर्किएका छन् । त्यस्तै लिओनेल मेस्सीले पनि बार्सिलोनासँग झन्डै २ दशक सम्बन्ध अन्त्य गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् ।

फुटबलमा चलिआएको सिलसिला हेर्ने हो भने उमेर अनुसार दुवै खेलाडी सामान्यतया अब करिअर बिट मार्ने अवस्थामा छन् । तर पछिल्लो डेढ दशकदेखि विश्व फुटबलमा तहल्का मच्चाइरहेका मेस्सी र रोनाल्डो अझै पनि मैदानमा उत्तिकै शसक्त रुपमा प्रस्तुत भइरहेका छन् । यी दुइले मैदानमा खेल्ने मात्र होइन अझै पनि केहि कीर्तिमान भंग गर्ने सम्भावना देखिन्छ ।

बार्सिलोना र रियल म्याड्रिका पूर्व सुपर स्टार दुवै अहिले स्पेन बाहिर छन् । फुटबल इतिहासमा उनीहरुका बारेमा निकै पाना लेखिएका छन् । तर, अझै त्यो इतिहासमा केहि पाना थपिने सम्भावना भने यथावत छ ।

रोनाल्डो र मेस्सीको कीर्तिमान

दुवैले हालसम्म विश्वकप भने जित्न सकेका छैनन् । पोर्चुगलका लागि रोनाल्डोले युरो कप र मेस्सीले यसै वर्ष कोपा अमेरिका उपाधि जितेका छन् । क्लबका लागि दुवैले लिग, कप उपाधि, च्याम्पियन्स लिग जितेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले यसै साता सर्वाधिक गोल (१११) को कीर्तिमान बनाएका छन् । अर्कोतर्फ मेस्सी ला लिगामा ४ सय ७४ गोलका साथ सर्वाधिक गोलकर्ता हुन् । च्याम्पियन्स लिगमा उनले एउटै क्लबबाट १ सय २० गोल गरेका छन् ।

रोनाल्डो १ सय ३४ गोलका साथ च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् । युनाइटेड, रियल र युभेन्ट्सबाट गरि उनले १ सय ३४ गोल गरेका थिए । मेस्सीले ला लिगामा सर्वाधिक गोलका साथै एकै सिजन ५० गोल गर्ने कीर्तिमान पनि बनाएका छन् । त्यस्तै उनी सर्वाधिक पिचिनी ट्रफी जित्ने खेलाडी हुन् । उनले आठ पटक त्यो उपाधि जितेका छन् ।

मेस्सी र रोनाल्डोले अझै के गर्न सक्छन्

रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनिसकेका छन् । अर्कोतर्फ मेस्सी दक्षिण अमिरिकाका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बन्ने क्रममा छन् । अब २ गोल गर्दा उनले पेलेको कीर्तिमानसँग बराबरी गर्नेछन् । अबका २ खेलपछि च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने इकर कासियासको कीर्तिमानलाई पनि रोनाल्डोले तोड्ने छन् । कासियासले १ सय ८१ खेल खेलेका छन् भने रोनाल्डोले १ सय ८० खेलेका छन् । मेस्सीले १ सय ४९ च्याम्पियन्स लिगका खेल खेलका छन् ।

बालोन डि ओर मेस्सीले ६ पटक र रोनाल्डोले ५ पटक जितेका छन् । त्यस्तै रोनाल्डोले च्याम्पियन्स लिग उपाधि ५ पटक उचाल्दा मेस्सीले ४ पटक जितेका छन् । क्लब फुटबलमा रोनाल्डोले ६ सय ७४ गोल गरेका छन् भने मेस्सी त्यो भन्दा २ गोलले मात्र पछि छन् । रोनाल्डोले युनाइटेडमा अब ९ गोल गरेपछि युनाइटेडमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको १५ औं नम्बरमा अहिलेका उनको नयाँ प्रशिक्षक ओले गुनार सोल्साएरसँग बराबरी गर्नेछन् । रोनाल्डोले युनाइटेडबाट १ सय २७ गोल गरेका थिए ।

तथ्यांककै आधारमा मेस्सी र रोनाल्डोले अझै थुप्रै कीर्तिमान तोड्ने देखिन्छ । कम्तिमा २ सिजन यसै लयमा खेल्न सक्ने आँकलन गरिएका यी दुई स्टार त्यसपछि पनि अमेरिकी लिग वा मध्यपूर्वी लिगमा खेल्ने सम्भावना छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.