default_image

3 years ago

September 3, 2021

बार्सिलोनाका मिडफिल्डर टर्किस क्लबमा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बर्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिच टर्किस क्लब बेसिक्टासमा अनुबन्धित भएका छन् । बोस्निया एन्ड हर्जगोभिनाका ३१ वर्षीय मिडफिल्डर एक सिजनका लागि लोनमा टर्किस क्लब बेसिक्टास पुगेका हुन् । गत सिजन नै इटालियन क्लब युभेन्ट्सबाट बार्सिलोना आएका प्यानिचले पहिलो सिजन राम्रो छाप छोड्न नसकेपछि उनलाई बार्सिलोनाले बेच्ने मनसाय बनाएको थियो । स्पेन लगायत […]

47 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बर्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिच टर्किस क्लब बेसिक्टासमा अनुबन्धित भएका छन् । बोस्निया एन्ड हर्जगोभिनाका ३१ वर्षीय मिडफिल्डर एक सिजनका लागि लोनमा टर्किस क्लब बेसिक्टास पुगेका हुन् ।

गत सिजन नै इटालियन क्लब युभेन्ट्सबाट बार्सिलोना आएका प्यानिचले पहिलो सिजन राम्रो छाप छोड्न नसकेपछि उनलाई बार्सिलोनाले बेच्ने मनसाय बनाएको थियो । स्पेन लगायत ठुला देशमा यो समरको ट्रान्सफर सकिएपनि टर्कीलगायत अन्य केहि देशमा अझै समर ट्रान्सफर खुल्ला रहेका कारण उनको अनुबन्धन सफल भएको हो ।

गत सिजन युभेन्टसबाट बार्सिलोनामा अनुबन्ध भएका उनीबाट बार्सिलोनाले धेरै अपेक्षा राखेको थियो तर उनी प्रशिक्षक रोनाल्ड कोम्यानको मन जित्न सकेनन् । कोम्यानले मिडफिल्डमा सर्जियो बुस्क्वेट्स, फ्रान्की डि जोङ र पेड्रीलाई रुचाउँदा उनी क्याम्प नोउमा अपेक्षा पुरा गर्न सफल भएनन् ।

प्यानिच यो सिजनको लागि प्रशिक्षक कोम्यानको योजनामा थिएनन् । प्यानिचले गत सिजन बार्सिलोनाका लागि ३० खेल खेल्दा १३ पटक पहिलो रोजाईमा खेल्दा ५ पटक पुरा ९० मिनेट खेले । उनी यो सिजनको ला लिगाको सुरुवाती दुई खेलमा टोली नरहँदा तेस्रो खेलमा टोलीमा रहेपनि उनले खेल्ने अवसर पाएनन् । प्यानिच युभेन्ट्ससँगै रोमा फर्कने चर्चा चलेपनि त्यो छलफलमै सीमित बन्यो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.