default_image

3 years ago

September 3, 2021

रोनाल्डोको नाम गिनिज वल्ड रेकर्डमा

एजेन्सी – पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा समावेश भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएपछि रोनाल्डोलाई गिनिज बुक अफ वल्ड रेकर्ड संस्थाले त्यसको प्रमाणपत्र प्रदान गरेको हो । गिनिज बुकमा नाम दर्ता भएपछि रोनाल्डोले पनि गिनिज बुक अफ वल्ड रेकर्डलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो गोलसंख्या अझै बढाउने बताएका छन् । […]

77 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा समावेश भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएपछि रोनाल्डोलाई गिनिज बुक अफ वल्ड रेकर्ड संस्थाले त्यसको प्रमाणपत्र प्रदान गरेको हो ।

गिनिज बुकमा नाम दर्ता भएपछि रोनाल्डोले पनि गिनिज बुक अफ वल्ड रेकर्डलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो गोलसंख्या अझै बढाउने बताएका छन् । रोनाल्डोले बुधबार युरोपेली क्षेत्रको विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा रिपब्लिक अफ आयरल्याण्डबिरुद्ध दुई गोल गर्दै विश्व फुटबलको इतिहासमा सबैभन्दा बढी गोल कीर्तिमान बनाएका थिए ।

पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले सन् २००३ देखि हालसम्म १ सय ८०औं खेलमा १ सय ११ गोलको कीर्तिमान हासिल गरेका हुन् । रोनाल्डोले यस क्रममा ४४ राष्ट्रविरुद्ध गोल गरेका छन् । उनले इरानका अली दाईले १९९३ देखि २००६ को अवधिमा १ सय ४९ खेलमा १ सय ९ गोल गर्दै राखेको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् ।

रोनाल्डोले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध दुई गोल गर्दै अली दाईको कीर्तिमानलाई बराबरी गरेको थिए । ३६ वर्षीय रोनाल्डोले दुई राष्ट्र लिथुआनिया र स्वीडेनविरुद्ध सबैभन्दा धेरै ७ गोल गरेका छन् । विशेषगरी रोनाल्डोले ३० वर्ष पार गरेपछि बढी गोल गरेका छन् । उनले पछिल्ला ६ वर्षमा ५६ गोल गरेका छन् ।

यो पनि : रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.