3 years ago
September 4, 2021
एजेन्सी – विश्व उपविजेता क्रोएसियाका पुर्व फरवार्ड मारियो म्यान्जुकिकले व्यवसायिक खेल करियरबाट सन्न्यासको घोषणा गरेका छन् । जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका पुर्व फरवार्ड म्यान्जुकिकले १७ वर्षको व्यवसायिक खेल करियरबाट शुक्रबार सन्न्यासको घोषणा गरेका हुन् । म्यान्जुकिकले आफ्नो छोरा मारियोलाई सम्वोधन गर्दै सन्न्यासको घोषणा गरेका छन् । ३५ […]
एजेन्सी – विश्व उपविजेता क्रोएसियाका पुर्व फरवार्ड मारियो म्यान्जुकिकले व्यवसायिक खेल करियरबाट सन्न्यासको घोषणा गरेका छन् ।
जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका पुर्व फरवार्ड म्यान्जुकिकले १७ वर्षको व्यवसायिक खेल करियरबाट शुक्रबार सन्न्यासको घोषणा गरेका हुन् । म्यान्जुकिकले आफ्नो छोरा मारियोलाई सम्वोधन गर्दै सन्न्यासको घोषणा गरेका छन् ।
३५ वर्षीय म्यान्जुकिक पछिल्लो समय इटालियन क्लब एसी मिलानमा आबद्ध रहेका थिए । उनी कतारी अल दुहेलबाट गत जनवरीमा मिलान आएका थिए । उनले मिलानबाट ११ खेल खेलेका थिए ।
उनले १४ अगस्ट २०१८ मा क्रोएसियाको राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गर्दै केही समय व्यवसायिक खेल खेल्ने बताएका थिए । चार अलग–अलग राष्ट्रबाट शीर्ष डिभिजनको लिगको च्याम्पियन बनेका र जर्मन क्लब बायर्नबाट च्याम्पियन्स लिगको उपाधि जितेका म्यान्जुकिकले आफ्नो समर्थकलाई सम्वोधन गर्दै आफ्नो बुट थन्क्याउने निर्णय गरेको बताएका छन् ।
टीएसएफ डिटजिन्जेनबाट आफ्नो खेल करियर निखारेका म्यान्जुकिकले २००४–०५ को सिजनमा मार्ससोनियाबाट खेल्दै आफ्नो व्यवसायिक खेल करियर शुरु गरेका थिए । त्यसपछि उनी एन के जाग्रिव हुदै २००७ देखि २०१० सम्म डिनामो जाग्रिवबाट तीन सिजन खेल्दै क्रोएसियन लिग जित्न सफल भएका थिए । त्यसपछि उनी जर्मन क्लब वल्फ्सवर्गमा दुई सिजन खेल्दै उनी जर्मन महारथी बायर्नमा पुगेका थिए । बायर्नमा उनले दुई सिजनमा दुई बुन्डेसलिगासँगै च्याम्पियन्स लिग र जर्मन सुपर कपसँगै युइएफए सुपर कप जित्न सफल भएका थिए ।
एट्लेटिको म्याड्रिडमा एक सिजन (२०१४–१५) बिताएपछि उनी इटालियन क्लब युभेन्ट्स पुगेका थिए । युभेन्ट्समा चार सिजन बिताएपछि उनी २०१९–२० को सिजनमा कतारी क्लब अल दुहेल पुगेका थिए । दुहेलमा आधा सिजन बिताएपछि उनी एसी मिलान फर्किएका थिए ।
क्रोएसियाका लागि दोस्रो सर्वाधिक गोलकर्ता रहेका म्यान्जुकिकले क्रोएसियाबाट ८९ खेलमा ३३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले २०१८ मा फिफा विश्वकपमा उपविजेता भएको एक महिनापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए । उनले व्यवसायिक खेल करियरमा उनले ६७१ खेलमा २६१ गोल गर्दा विभिन्न २३ उपाधि जितेका छन् ।
व्यवसायिक खेल करियरमा म्यान्जुकिकले डिनामो जाग्रिवबाट समान तीन क्रोएसियन फुटबल लिग र क्रोएसियन फुटबल कप जितेका छन् । बायर्नबाट दुई बुन्डेसलिगा, दुई डिएफवी पोकल, एक जर्मन सुपर कप, एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप र एक फिफा क्लब विश्वकप जितेका छन् ।
एट्लेटिको म्याड्रिडबाट स्पेनिस सुपर कप जितेका म्यान्जुकिकले युभेन्ट्सबाट चार सिरी ‘ए’, तीन कोपा इटालिया र एक इटालियन सुपरकोपा जितेका छन् । अल दुहेलबाट कतार स्टार्स लिग जितेका छन् ।
म्यान्जुकिकले आफ्नो छोरा मारियोलाई सम्वोधन गर्दै सन्न्यासको घोषणा गरेको पत्र
‘प्यारो सानो मारियो । जब तिमी पहिलोपटक यी जुत्ताहरु लगाउछौ, तिमी कल्पना पनि गर्न सक्दैनौ कि तिमी फुटबलमा के अनुभव गर्नेछौ,’ उनले लेखे, ‘तिमी सबैभन्दा ठूलो प्रतियोगितामा गोल गर्नेछौ र तिमी सबैभन्दा ठूलो क्लबहरुसँग सबैभन्दा ठूलो प्रतियोगिताहरु जित्नेछौ । गर्वसँग तिमी राष्ट्रको प्रतिनिधित्व गर्दै, तिमी क्रोएशियाई खेलको इतिहास लेख्नमा मद्दत गर्नेछौ ।’‘तिमी सफल हुनेछौ किनकि तिमी वरपर राम्रो मान्छेहरु हुनुहुनेछ, टीमका साथीहरु, कोचहरु, प्रशंसकहरु, र परिवार, एजेन्ट र साथीहरु जो सधैं तिम्रो लागि त्यहाँ हुनेछन्। तिमी सधैंभरि ती सबैको लागी आभारी रहने छौ ।’ ‘सबै भन्दा माथि, तिमी सफल हुनेछौ, किनकि तिमी सधैं तिम्रो सबैभन्दा राम्रो मिहिनेत दिनेछौ । अन्त्यमा, तिमीलाई सबैभन्दा गर्व हुनेछ । तिमीले धेरै बलिदान दिनेछौ, तर तिमी जान्ने छौ कि यो आश्चर्यजनक क्षणहरुको लागि तिमी लायक थियौ ।’‘तिमी सेवानिवृत्त हुने पललाई पहिचान गर्नेछौ, यी जुत्ताहरुलाई क्याबिनेटमा राख्नु र तिमीलाई कुनै पछुतो हुनेछैन । फुटबल सधैं तिम्रो जीवनको एक हिस्सा हुनेछ, तर तिमी एक नयाँ अध्यायको लागी तत्पर रहनु। र ठूलो मारियोमा रमाउन सिक्नु । यो नोट गर यदि तिमी विश्वकपमा इंग्ल्याण्डविरुद्ध खेल्न तयार भयौ भने मात्र १०९औं मिनेटको लागि तयार हुनु ।’
March 28, 2024
हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको मंगलबारको ३–० […]
March 27, 2024
एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]