default_image

3 years ago

September 5, 2021

सान्चोले विश्वकप छनोट गुमाउने

एजेन्सी – इंग्ल्यान्डका युवा विंगर जेडन सान्चोले फिफा विश्वकप कतार २०२२ अन्तरगतको युरोपेली छनोटको दुई खेल गुमाउने भएका छन् । चोटको कारण सान्चोले एन्डोरा र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन् । २१ वर्षीय सान्चोले प्रशिक्षणको दौरान चोट बोकेको बताईएको छ । सान्चोले चोट बोकेपछि उनलाई टोलीबाट फुकुवा गरिएको छ । म्यानचेस्टर युनाइटेडलाई उनको चोट सामान्य […]

44 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका युवा विंगर जेडन सान्चोले फिफा विश्वकप कतार २०२२ अन्तरगतको युरोपेली छनोटको दुई खेल गुमाउने भएका छन् । चोटको कारण सान्चोले एन्डोरा र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन् ।

२१ वर्षीय सान्चोले प्रशिक्षणको दौरान चोट बोकेको बताईएको छ । सान्चोले चोट बोकेपछि उनलाई टोलीबाट फुकुवा गरिएको छ । म्यानचेस्टर युनाइटेडलाई उनको चोट सामान्य रहेको भन्दै इंग्ल्यान्ड एफएले आश्वास्त पारेको छ ।

यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट म्यानचेस्टर आएका सान्चोले ११ सेप्टेम्वरमा न्युक्यासलविरुद्धको खेल खेल्ने आँकलन गरिएको छ । सान्चोले म्यानचेस्टरबाट ३ खेल खेलिसकेका छन् । तर उनको प्रदर्शन अपेक्षा गरेअनुसार भने रहन सकेको छैन ।

इंग्ल्यान्ड फुटबल एसोसिएसनको विज्ञप्तिमा सान्चो एन्डोरा र पोल्यान्डविरुद्धको खेलमा सान्चोले नखेल्ने उल्लेख गरेको छ । उनले हंगेरीविरुद्ध ४–० को जित निकालेको खेल पनि खेलेका थिएनन् । विश्वकप छनोट अन्तर्गत इंग्ल्यान्डले आइतबार राति एन्डोरासँग खेल्दैछ । यस्तै बुधबार पोल्याण्डसँग खेल्नेछ । सान्चोले इंग्ल्यान्डबाट २२ खेलमा ३ गोल गरेका छन् ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.