default_image

3 years ago

September 5, 2021

अष्ट्रियाको लज्जास्पद हार, डेनमार्क अपराजित

एजेन्सी – अष्ट्रियाले घरेलु टोली इजरायलसँग विश्वकप छनोटको खेलमा लज्जास्पद हार बेहोर्दा डेनमार्कले लगातार पाँचौ जित दर्ता गरेको छ । अष्ट्रियाले इजरायलसँग ५–२ को फराकिलो हार बेहोरेको हो । इजरायलको फराकिलो जितमा इरान जाहाभीले दुई तथा मानोर सोलोमन, मुनास डाब्बुर र सोन विसमानले समान एक गोल गरे । अष्ट्रियाका क्रिस्टोफ बोउमगार्टनर र मार्काे अर्नाटोभिकले सान्त्वना […]

41 views

0 Bookmark

एजेन्सी – अष्ट्रियाले घरेलु टोली इजरायलसँग विश्वकप छनोटको खेलमा लज्जास्पद हार बेहोर्दा डेनमार्कले लगातार पाँचौ जित दर्ता गरेको छ ।

अष्ट्रियाले इजरायलसँग ५–२ को फराकिलो हार बेहोरेको हो । इजरायलको फराकिलो जितमा इरान जाहाभीले दुई तथा मानोर सोलोमन, मुनास डाब्बुर र सोन विसमानले समान एक गोल गरे । अष्ट्रियाका क्रिस्टोफ बोउमगार्टनर र मार्काे अर्नाटोभिकले सान्त्वना गोल फर्काए ।

सामी अफर स्टेडियम हाइफा इजरायलमा पहिलो हाफको ३३ मिनेट भित्र नै घरेलु टोली इजरायलले अष्ट्रियामाथि ३–० को आरामदायी अग्रता बनाएको थियो । पाँचौ मिनेटमा मानोर सोलोमनको गोलबाट अग्रता लिएको इजरायलले २०औं मिनेटमा मुनास डाब्बुरको गोलबाट खेलमा अग्रता दोब्बर पारेको थियो ।

३३औं मिनेटमा इरान जाहाभीले गोल गरेपछि इजरायलले ३–० को आरामदायी अग्रता लिन सफल भयो । ४२औं मिनेटमा क्रिस्टोफले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को अवस्थामा ल्याए ।

५५औं मिनेटमा मार्काे एर्नाउटोभिचले गोल गर्दै अष्ट्रियालाई ३–२ को अवस्थामा ल्याउँदै खेलमा फर्कने संक दिए । तर ५९औं मिनेटमा सोन विसमानले गोल गर्दै इजरायललाई ४–२ ले अघि बढाए । इन्ज्युरी समयमा इरान जाहाभीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै अष्ट्रियालाई ५–२ को फराकिलो हार चखाए ।

यही समूहको अर्काे खेलमा शीर्षस्थानमा रहेको डेनमार्कले फारोइ आइल्यान्डमाथि १–० को जित दर्ता गर्दै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको छ । डेनमार्कको जितमा जोनास वाइन्डले खेल सकिन ५ मिनेट अघि गरेको गोल नै पर्याप्त बन्यो ।

त्यसअघि ४५औं मिनेटमा उनको गोलले भिएआरबाट मान्यता पाएको थियो । ८४औं मिनेटमा रिनी जोइनसेन दोहोर पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि फारोइ आइल्यान्डले १० खेलाडी सीमित रहेर खेलको अन्त्य गरेको थियो ।

यही समूहको अर्काे खेलमा स्कटल्यान्डले मोल्दोभालाई १–० ले पराजित गरेको छ । स्कटल्यान्डको जितमा लेन्डन डिकेसले १४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यो नतिजा पछि समूह ‘एफ’ मा डेनमार्क ५ खेलबाट १५ अंक जोड्दै शीर्षस्थानमा यथावत छ । इजरायल ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड ८ अंक जोडेर तेस्रो स्थानमा उक्लदा अष्ट्रिया ७ अंक जोडेर चौथो स्थानमा झरेको छ । फारोइ आइल्यान्ड र मोल्दोभा समा १ अंक जोडेर पाँचौ र छैटौ स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.