default_image

3 years ago

September 5, 2021

क्रोएसियाले स्लोभाकियालाई हरायो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा क्रोएसियाले स्लोभाकियामाथि १–० को झिनो जित निकालेको छ । स्लोभाकियामा शनिबार राति भएको खेलमा क्रोएसियाको जितमा मार्सेलो ब्रोजोभिकले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै पर्याप्त बन्यो । प्रतिस्पर्धात्मक खेलको तेस्रो मिनेटमा नै क्रोएसियाले आक्रमण बुन्दा मार्सेलो ब्रोजोभिकको प्रहारले पोस्टको दिशा लिन सकेन । […]

37 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा क्रोएसियाले स्लोभाकियामाथि १–० को झिनो जित निकालेको छ । स्लोभाकियामा शनिबार राति भएको खेलमा क्रोएसियाको जितमा मार्सेलो ब्रोजोभिकले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै पर्याप्त बन्यो ।

प्रतिस्पर्धात्मक खेलको तेस्रो मिनेटमा नै क्रोएसियाले आक्रमण बुन्दा मार्सेलो ब्रोजोभिकको प्रहारले पोस्टको दिशा लिन सकेन । २१औं मिनेटमा भ्लादिमर विसको प्रहार बाहिरिदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । २६औं मिनेटमा घरेलु टोलीका रोबर्ट मार्कको प्रहार फितलो बन्यो ।

दोस्रो हाफमा पनि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीतर्फ लम्किएको थियो । तर निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा मार्सेलो ब्रोजोभिकले गोल गर्दै टोलीलाई महत्वपुर्ण ३ अंक दिलाए । यही समूहको अर्काे खेलमा रसियाले साइप्रसलाई २–० ले तथा स्लोभेनियाले माल्टालाई १–० ले पराजित गरेको छ ।

यो जितसँगै समूह ‘एच’ मा क्रोएसिया ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ । समान १० अंक नै रहेपनि रसिया गोल अन्तरमा शीर्षस्थानमा रहेको छ । पराजित स्लोभाकिया ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । स्लोभेनिया ७ अं जोडेर तेस्रो स्थानमा रहँदा माल्टा र साइप्रस समान ४ अक जोडेर पाँचौ र छैटौ स्थानमा रहेको छ ।

अन्य नतिजा
समूह ‘ए’
आयरल्यान्डविरुद्ध अजरवैजान (१–१)
सर्वियाविरुद्ध लक्जेमवर्ग (४–१)

समूह ‘डी’
फिनल्यान्ड
विरुद्ध काजकस्तान (–०)
युक्रेनविरुद्ध फ्रान्स (१–१)

समूह ‘एफ’
फारोइ आइल्यान्डविरुद्ध डेनमार्क (०–)
इजरायलविरुद्ध अष्ट्रिया (–२)
स्कटल्यान्डविरुद्ध मोल्दोभा (–०)

समूह ‘जी’
लात्भियाविरुद्ध नर्वे (०–)
जिब्राल्टारविरुद्ध टर्की (०–)
नेदरल्यान्ड्सविरुद्ध मोन्टेनेग्रो (–०)

समूह ‘एच’
साइप्रसविरुद्ध रसिया (०–)
स्लोभेनियाविरुद्ध माल्टा (१–०)
स्लोाकियाविरुद्ध क्रोएसिया (०–)

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.