default_image

3 years ago

September 9, 2021

टोटेनहम बसाइँले बेललाई फाइदा

एजेन्सी – ग्यारेथ बेलले विगतमा भन्दा यसपटक रियल म्याड्रिडमा सहज महसुस गरेको बताएका छन् । उनले क्लबमा आफ्नो लागि सकारात्मक वातावरण रहेको पनि सुनाए । वेल्सका कप्तान समेत रहेका बेलले टोटेनहममा एक वर्ष लोनमा बिताएकोले युरोपियन च्याम्पियनसिप २०२० का लागि मानसिक रुपमा निकै सहयोग गरेको बताएका छन् । ‘मलाई लाग्छ त्यहाँ गएपछि युरो कपमा मलाई […]

36 views

0 Bookmark

एजेन्सी – ग्यारेथ बेलले विगतमा भन्दा यसपटक रियल म्याड्रिडमा सहज महसुस गरेको बताएका छन् । उनले क्लबमा आफ्नो लागि सकारात्मक वातावरण रहेको पनि सुनाए ।

वेल्सका कप्तान समेत रहेका बेलले टोटेनहममा एक वर्ष लोनमा बिताएकोले युरोपियन च्याम्पियनसिप २०२० का लागि मानसिक रुपमा निकै सहयोग गरेको बताएका छन् । ‘मलाई लाग्छ त्यहाँ गएपछि युरो कपमा मलाई मद्दत गर्यो’, उनले भने, ‘त्यसैको निरन्तरताका रुपमा यो रियलमा यो सिजन भइरहेको छ । यसपटक मैले पहिला भन्दा राम्रो वातावरण महसुस गरिरहेको छु ।’

बेलले खेलाडीले मानसिक रुपमा तयार हुन जरुरी रहेको पनि बताएका छन् । ‘मानसिक र शारीरिक रुपमा ठीक हुँदा प्रदर्शन पनि राम्रो गर्न सकिन्छ’, बेलले थपे, ‘म खेलिरहेको छु । खुसी पनि छु । जसले गर्दा पहिला भन्दा रियलमा खेल्दा सजिलो अनुभव गरिरहेको छु ।’

बेलले रियलका प्रशिक्षक कार्लो एन्सेलोटीसँगको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै सिजनको सुरुवात पनि राम्रो भएको बताएका छन् । ‘कार्लोसँग मेरो सधै सम्बन्ध राम्रो रहेको छ’, उनले भने, ‘तर फुटबलको टोलीमा पर्नका लागि सधै राम्रो खेल्नु पर्ने हुन्छ । यसपटक प्रि सिजन पनि राम्रो भयो भने सिजनको सुरुवात पनि । सधै राम्रो खेल्नु पर्छ र त्यसले दृष्टिकोष एकदम छिटो परिवर्तन हुन्छ ।’

युरोको समयमा बेलले फुटबलबाट छिट्टै सन्यास लिने भन्ने समाचार प्रकाशित भएका थिए । तर उनले अहिले सन्यासका विषयमा नसोचेको बताएका छन् । ‘जति बेला जुन जिम्मेवारीमा भइन्छ त्यसमा केन्द्रित हुनुपर्दछ । त्यसैले अन्य विषय नभनेकै राम्रो हुन्छ’, उनले भने, ‘मैले कहिले पनि सन्यासका बारेमा योजना बनाएको छैन । म त्यति बला युरोमा केन्द्रित हुन चाहन्छे । म थप केहि भन्न चाहन्न । त्यो जसरुरी पनि छैन ।’

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.