default_image

3 years ago

September 5, 2021

भारतविरुद्ध नेपालको सम्भावित ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत दोस्रो खेलमा आज भारतको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले अन्जन विष्टको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेलेको थियो । पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको नेपालले […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत दोस्रो खेलमा आज भारतको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले अन्जन विष्टको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेलेको थियो । पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको नेपालले दोस्रो हाफमा भने भारतविरुद्ध सोहि लयलाई निरन्तरता दिन सकेन । भारतले दोस्रो हाफमा ४ खेलाडी परिवर्तन गर्दै खेलमा फर्किएको थियो ।

आज हुने खेलमा नेपालले आक्रमणमा परिवर्तन गर्ने बलियो सम्भावना छ । पहिलो खेलमा फरवार्ड नवयुग श्रेष्ठले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अन्जन विष्ट र आयुष घलानसँग मैदान उत्रिएका उनले पेनाल्टी क्षेत्रभित्र खासै दबाब दिन सकेनन् । उनले टोलीलाई आवश्यक पर्दा मिडफिल्डमा झरेर साथ दिएपनि आक्रामक भूमिकामा भने न्याय गर्न सकेनन् ।

आजको खेलमा नवयुगको स्थानमा आशिष लामा वा मनिष डाँगीले खेल्न सक्छन् । पहिलो खेलमा नवयुगको स्थानमा आएका मनिषले सन्तोषजनक प्रदर्शन मात्र गरे । अधिकांश समय विंगतर्फ मोडेका उनले सेन्टर फरवार्डमा खेल्न भने केहि कठिनाइ भएको देखिन्थ्यो । त्यसैले पनि आशिषले आज खेल्न सक्छन् । आशिषले यसअघि अलमुताइरीको प्रशिक्षणमा रहँदा सुरुवाती ११ मा पनि खेलिसकेका छन् । सुनिल बल पनि पहिलो रोजाइमा पर्ने प्रयासमा छन् ।

पछिल्लो खेलमा मिडफिल्डको प्रदर्शनलाई अलमुताइरीले प्रशंसा गरेका थिए । पुजनले रक्षात्मक भूमिका निर्वाह गर्दा तेजले बक्स टु बक्सको जिम्मेवारी निभाएका थिए । सुमनले आक्रामक मिडफिल्डमा खेलेका थिए । पुजन र तेजले आफ्नो स्थान राख्दा सुमनको भूमिकामा भने विशाल राई, कमल थापा र सुरज जिउ ठकुरीमा एकले खेल्न सक्छन् ।

डिफेन्समा नेपालले कुनै परिवर्तन गर्ने सम्भावना देखिदैन । अनन्त तामाङ र दीनेश राजवंशीको जोडीले राम्रो प्रदर्शन गर्दा सुमन अर्याल र गौतम श्रेष्ठ पनि विंगब्याकमा प्रभावशाली प्रदर्शन गर्न सफल रहेका थिए । डिफेन्डर राजन गुरुङ डेब्युको प्रतिक्षामा रहेकाले उनलाई अन्तर्राष्ट्रिय अनुभव दिन दोस्रो हाफमा अवसर पाउने सम्भावना रहन्छ ।

यता गोलरक्षकमा किरण चेम्जोङले नै निरन्तरता पाउन सक्छन् । आजको खेलमा मैदान उत्रिए किरण नेपालबाट सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनले भारतविरुद्ध पहिलो खेलमा खेल्दै विराज महर्जनको ७३ खेलको कीर्तिमान बराबरी गरेका थिए । प्रशिक्षक अलमुताइरीले उनलाई आज पूरा समय भने नदिन सक्छन् । दोस्रो गोलरक्षकले पनि खेलको अनुभव बटुल्न पर्ने बताएका अलमुताइरीले आज दीप कार्की वा विशाल श्रेष्ठलाई अवसर दिन सक्छन् ।

सम्भावित सुरुवाती ११ :

किरण चेम्जोङ (कप्तान), सुमन अर्याल, दीनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटि, तेज तामाङ, विशाल राई, अन्जन विष्ट, आशिष लामा, सुनिल बल

यो पनि : राष्ट्रिय टोलीमा किरण : डेब्युदेखि ७३औं खेलसम्म

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.