default_image

3 years ago

September 5, 2021

भारतविरुद्ध नेपालको सुरुवाती ११ घोषणा, तीन खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली चिरपरिचित प्रतिद्धन्द्धी भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरली भारतविरुद्धको पहिलो खेलमा भन्दा तीन खेलाडी परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठलाई बेञ्चमा राख्दा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई पहिलो रोजाईमा मौका […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली चिरपरिचित प्रतिद्धन्द्धी भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरली भारतविरुद्धको पहिलो खेलमा भन्दा तीन खेलाडी परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठलाई बेञ्चमा राख्दा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई पहिलो रोजाईमा मौका दिएका छन् ।

नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हाल्नेछन् । नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुजल श्रेष्ठले नेपालको रक्षापङ्ति सम्हल्नेछन् । मिडफिल्डमा पुजन उपरकोटीसँगै तेज तामाङ र सुमन लामाले निरन्तरता पाएका छन् ।

फरवार्डमा अशिष लामा र मनिष डाँगीले पहिलो रोजाईमा मौका पाउदा गत जुनमा अष्ट्रेलियाविरुद्धको विश्वकप छनोटमा डेब्यु गरेका आयुष घलानले लगातार दोस्रोपटक पहिलो रोजाईमा मौका पाएका छन् । उनले यसअघि भारतविरुद्धको खेलमा पहिलो रोजाईमा खेलेका थिए ।

गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट ७४औं खेल खेल्दै नेपालबाट सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् । उनले यसअघि भारतविरुद्धको पहिलो मैत्रीपुर्ण खेलमा यसअघिका कप्तान विराज महर्जनको कीर्तिमानलाई बराबरी गरेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.