default_image

3 years ago

September 5, 2021

नेपालको प्रदर्शनबाट प्रशिक्षक अलमुताइरी सन्तुष्ट

काठमाडौं (हाम्रो खेलकुद) – भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आइतबार २–१ ले गुमाएपनि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । खेलपछि आयोजित पोष्ट म्याच कन्फ्रेन्समा अलमुताइरीले भने, ‘टोलीको प्रदर्शनमा लाई कुनै गुनासो छैन । हाम्रो टोलीका सबैले राम्रो खेल यो मैत्रीपूर्ण खेल हो । त्यसमा हराउन डराउनु हुन्छ । डराएपछि […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आइतबार २–१ ले गुमाएपनि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।

खेलपछि आयोजित पोष्ट म्याच कन्फ्रेन्समा अलमुताइरीले भने, ‘टोलीको प्रदर्शनमा लाई कुनै गुनासो छैन । हाम्रो टोलीका सबैले राम्रो खेल यो मैत्रीपूर्ण खेल हो । त्यसमा हराउन डराउनु हुन्छ । डराएपछि यसै पनि हारिन्छ । मुख्य कुरा मानसिकता हो ।’

अलमुताइरीले टोलीको मुख्य लक्ष्य अर्को महिना हुने साफ च्याम्पियनसिप नै भएको दोहोर्याए । उनले साफ च्याम्पियनसिपमा अहिलेको भन्दा प्रदर्शनमा सुधार आउने र जित्ने सम्भावना रहेको बताए । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध खेलमा पूनरागमन गर्न सक्नु पनि उपलब्धिको रुपमा रहेको बताए ।

‘भारत बलियो टोली हो । तर हामी खेलमा फर्कन सफल भयौं’, उनले थपे, ‘मानसिकता कमजोर नभएकै कारण त्यो सफल भयो ।’

नेपाल २–० ले पछि परेको अवस्थामा तेज तामाङले गोल फर्काएका थिए । उनले झन्डै २५ यार्ड टाढाबाट कडा प्रहारमार्फत गोल गर्दै विपक्षी गोलकिपर प्रतिक्रिया विहिन भए । ६२ औं मिनेटमा फारुख हाजी कासम चौधरीको गोलबाट भारतले अग्रता बनाएको थियो । ८० औं मिनेटमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रतालाई दोब्बर पारे । काउन्टर अट्याकमा सुनिलले एक्लै बल अघि बढाउँदै गोलकिपर किरण चेम्जोङलाई विट गर्दै गोल गरे ।

भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाचले पहिलो खेलको तुलानामा आफ्नो टोलीले सुधारीएको प्रदर्शन गरेको बताए । उनले आफ्नो टोलीले गोल गरेपछि उच्च मनोबलका साथ खेलेको उल्लेख गर्दै भने, ‘हाम्रा खेलाडीले संयमित भएर खेलेकोले गोल गर्न सफल भयौं ।’

स्टिमाचले नेपाली टोलीको प्रदर्शनमा पनि विगतमा भन्दा प्रदर्शनका सुधार आएको अनुभव सुनाए । ‘लामो समयदेखि प्रशिक्षण गरिरहेकोले नेपाली टोलीको प्रदर्शनमा सुधार देखिएको छ’m उनले भने, ‘आजको खेल मैत्रीपूर्ण भन्दा माथिको खेल थियो ।’ उनले रेफ्री प्रज्वल क्षेत्रीको निर्णयको भने आलोचना गरे ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको दुई टोलीबीच दुई मैत्रीपूर्ण खेल भएको थियो । बिहीबार भएको पहिलो खेलमा भने १–१ को बराबरी खेलेका थिए । अब नेपाल र भारतबीच अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसपिमा प्रतिस्पर्धा हुनेछ । नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ ।

असोज १५ गते साविक विजेता समेत रहेको माल्दिभ्सविरुद्ध खेल्दै नेपालले साफको यात्रा थाल्नेछ । नेपाली अर्को अर्को साता दुई साताकोअ अन्तिम तयारीका लागि कतार जाने यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिइसकेको छ ।

यो पनि : भारतसँग नेपालको हार

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.