default_image

3 years ago

September 6, 2021

बेलको ह्याट्रिकमा वेल्सको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले इन्ज्युरी समयमा ह्याट्रिक पुरा गरेपछि वेल्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटको समूह ‘ई’ को खेलमा बेलारुसमाथि रोमाञ्चक जित दर्ता गरेको छ । सेन्ट्रल स्टेडियम काजान रयिन फेडेरेसनमा आइतबार राति भएको खेलमा वेल्सले घरेलु टोली बेलारुसमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । वेल्सको […]

77 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले इन्ज्युरी समयमा ह्याट्रिक पुरा गरेपछि वेल्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटको समूह ‘ई’ को खेलमा बेलारुसमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

सेन्ट्रल स्टेडियम काजान रयिन फेडेरेसनमा आइतबार राति भएको खेलमा वेल्सले घरेलु टोली बेलारुसमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । वेल्सको जितमा बेलले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरेका थिए । घरेलु टोलीका भिटाली लिसाकोभिच र पाभेल सेड्कोले गरेको गोल सान्त्वना बन्यो ।

खेलको छैटौ मिनेटमा ग्यारेथ बेलको पेनाल्टी गोलबाट वेल्सले अग्रता लिएको थियो । गोलरक्षक सगी चेरनिकले पेनाल्टी बक्समा बेललाई फउल गरेपछि रेफ्रीले वेल्सलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बेल चुकेनन् । एक गोलले पछि परेको अवस्थामा दुई मिनेटमा अन्तरमा दुई गोल निस्किएपछि घरेलु टोली बेलारुसले वेल्सविरुद्ध २–१ को अग्रता लिन सफल भएको थियो ।

२९औं मिनेटमा भिटाली लिसाकोभिचले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३१औं मिनेटमा पाभेल सेड्कोले भिटाली लिसाकोभिचको पासमा गोल गर्दै बेलारुसलाई २–१ को अग्रता दिलाए । ६९औं मिनेटमा बेलले पेनाल्टीमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ३२ वर्षीय बेलले पेनाल्टीमार्फत नै गोल गर्दै ह्याट्रिक पुरा गरेपछि वेल्सले घरेलु टोलीविरुद्ध ३–२ को रोमाञ्चक जित दर्ता गर्न सफल भयो । राष्ट्रिय टोलीबाट ९८ खेलमा उनको यो ३६औं गोल हो । बेलले राष्ट्रिय टोलीबाट ३ वर्षपछि गोल गर्दा ह्याट्रिक नै पुरा गरेका हुन् । बेलले २०१९ यता राष्ट्रिय टोलीबाट गोल गर्न सकेका थिएनन् । उनले यसक्रममा १५ खेल खेलेका थिए ।

यो जितसँगै वेल्स ३ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित बेलारुस ३ अंक जोडेर चौथो स्थानमा झरेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.