default_image

3 years ago

September 6, 2021

जर्मनीको आधादर्जन गोल

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोट खेलमा जर्मनीले सानदार जित निकालेको छ । घरेलु मैदानमा जर्मनीले अर्मेनियामाथि ६–० को फराकिलो जित निकालेको हो । जर्मनीको जितमा सर्ज गिनाब्रीले दुई तथा मार्काे रिउस, टिमो वेर्नर, जोनास होफमान र करिम एडियमीले समान एक गोल गरे । जर्मनीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा […]

58 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोट खेलमा जर्मनीले सानदार जित निकालेको छ । घरेलु मैदानमा जर्मनीले अर्मेनियामाथि ६–० को फराकिलो जित निकालेको हो ।

जर्मनीको जितमा सर्ज गिनाब्रीले दुई तथा मार्काे रिउस, टिमो वेर्नर, जोनास होफमान र करिम एडियमीले समान एक गोल गरे । जर्मनीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

मर्सिडेस बेन्ज एरिना स्टुर्टगार्टमा आइतबार राति गोलको वर्षा भएको खेलमा घरेलु टोली जर्मनीले खेलको छैटौ मिनेटमा सर्ज गिनाब्रीको गोलबाट अग्रता लिएको थियो । उनले लियोन गोरेट्जकाको पासमा गोल गरेका थिए ।

१५औं मिनेटमा मार्काे रिउसको पासमा गिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ३५औं मिनेटमा टिमो वेर्नरको पासमा मार्काे रिउसले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । ४५औं मिनेटमा लियोन गोरेट्जकाको पासमा टिमो वेर्नरले गोल गरेपछि जर्मनीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

५२औं मिनेटमा जोनास होफमानले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको पहिलो मिनेटमा सब्सिच्युट करिम एडिएमीले गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाए । करिम ७२औं मिनेटमा सर्ज गिनाब्रीको स्थानमा मैदान छिरेका थिए ।

यो जितपछि समूह ‘जे’ मा जर्मनीले अर्मेनियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । जर्मनीको ५ खेलबाट १२ अंक पुगेको छ । पराजित अर्मेनिया १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा रोमानियाले लिचेस्टाइनमाथि २–० को जित दर्ता गर्दा आइसल्यान्ड र नर्थ म्यासेडोनियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रोमानिया ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नर्थ म्यासेडोनिया ८ अंक जोडेर चौथो स्थानमा रहँदा आइसले ४ अंकसहित पाँचौ स्थानमा रहँदा लिचेस्टाइनले अंकको खाता खोल्न सकेको छैन ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.