default_image

3 years ago

September 6, 2021

इटालीले ब्राजिल र स्पेनको कीर्तिमान तोड्यो

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । आइतबार राति विश्वकप छनोटको समूह चरणमा स्वीट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्रालाई तोडेको हो । युरोपेली च्याम्पियन इटाली ३६ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान बनाउन सफल भयो । यसअघि पाँच पटकको विश्वविजेता ब्राजिलले […]

32 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । आइतबार राति विश्वकप छनोटको समूह चरणमा स्वीट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्रालाई तोडेको हो ।

युरोपेली च्याम्पियन इटाली ३६ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान बनाउन सफल भयो । यसअघि पाँच पटकको विश्वविजेता ब्राजिलले सन् १९९३ देखि सन् १९९६ सम्म तथा स्पेन २००७ देखि २००९ सम्म ३५ खेलसम्म अपराजित यात्रा कायम राखेका थिए ।

इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जम्मा २ खेल हारेको छ । पछिल्लोपटक टोलीले सन् २०१८ सेप्टेम्बर १० मा भएको नेसन्स लिगको खेलमा पोर्चुगलसँग १–० को पराजय बेहोरेयता हार बेहोरेको छैन । त्यसपछि इटाली ३६ खेल खेल्दा २९ जित र ७ बराबरीको नतिजा निकालेको छ ।

इटालीले गत जुलाई सम्पन्न युरोकपमै प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अपराजित यात्रा ३१ खेलसम्म लम्ब्याउँदै आँफैले ८२ वर्षअघि राखेको ३० खेलसम्मको अपराजित कीर्तिमान यात्रालाई भंग गर्दा अर्जेन्टिनाले सन् १९९१ देखि सन् १९९३ सम्म ३१ खेलसम्म राखेको अपराजित यात्रालाई भेट्टाएको थियो ।

इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो ।

बसेलमा आइतबार राति भएको खेलमा इटालीले पेनाल्टीमार्फत गोल गर्ने अवसर पाएपनि युइएफए वर्ष खेलाडी जर्गिन्होले पेनाल्टी चुकाउँदा इटाली जितबाट वञ्चित बनेको थियो । उनको पेनाल्टीलाई स्वीट्जरल्यान्डका गोलरक्षक यान सोमेरले बचाएका थिए । पछिल्लो खेलमा इटालीको यो दोस्रो बराबरी हो । इटालीले यसअघि विश्वकप छनोटमै बुल्गेरियासँग १–१ गोलको बराबरी खेलेको थियो ।

यो बराबरीपछि समूह ‘सी’ मा इटाली ५ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । ३ खेल खेलेको स्वीट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा बुल्गेरियाले लिथुआनियालाई १–० ले पराजित गरेको छ । जितपछि बुल्गेरिया ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लिथुआनिया अंकविहीन हुदै पुछारमा छ । नर्दन आयरल्यान्ड ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.