default_image

3 years ago

September 6, 2021

उरुग्वेले बोलिभियालाई हरायो

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेले बोलिभियालाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार बिहान भएको खेलमा उरुग्वेले ४–२ को जित हात पारेको हो । उरुग्वेको जितमा जिओरजियान डि एरासकाइटाले दुई तथा फेडे भाल्भेर्डे र अगस्टिन अल्भारेजले समान एक गोल गरे । बोलिभियाका मार्सेलो मोरेनोले दुवै गोल गरेपनि हार टार्न सकेन । खेलको १५औं […]

34 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेले बोलिभियालाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार बिहान भएको खेलमा उरुग्वेले ४–२ को जित हात पारेको हो ।

उरुग्वेको जितमा जिओरजियान डि एरासकाइटाले दुई तथा फेडे भाल्भेर्डे र अगस्टिन अल्भारेजले समान एक गोल गरे । बोलिभियाका मार्सेलो मोरेनोले दुवै गोल गरेपनि हार टार्न सकेन ।

खेलको १५औं मिनेटमा जिओरजियान डि एरासकाइटाले गोल गर्दै उरुग्वेलाई १–० को अग्रता दिलाए । ३१औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । ४७औं मिनेटमा अगस्टिन अल्भारेजले गोल गरेपछि उरुग्वे फराकिलो जिततर्फ अग्रसर बन्यो ।

५९औं मिनेटमा मार्सेलो मोरेनोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ६७औं मिनेटमा जिओरजियान डि एरासकाइटाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ४–१ ले अघि बढाए । ८४औं मिनेटमा मार्सेलो मोरेनोले पेनाल्टीमार्फत गोल गरेपनि उरुग्वे विजयी हुन सफल भयो ।

यो जितपछि उरुग्वे ८ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटमा सात खेलमा शतप्रतिशत जित निकालेको ब्राजिल २१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित रहेको अर्जेन्टिना १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

ब्राजिल रअर्जेन्टिनाबीचको खेल सातौ मिनेटमा नै रद्ध हुन पुगेको थियो । अर्जेन्टिनी खेलाडीले कोभिड –१९ को आवश्यक स्वास्थ्य मापदण्ड पुरा नगरेको भन्दै ब्राजिलको स्वास्थ्य अधिकारी नै खेल रोक्न मैदान प्रवेश गरेको थियो । त्यसपछि खेल सुचारु हुन सकेन ।

अन्य नतिजा
ब्राजिलविरुद्ध अर्जेन्टिना (सातौ मिनेटमा रद्ध)
इक्वेडरविरुद्ध चिली (०–०)
पाराग्वेविरुद्ध कोलम्विया (१–१)
पेरुविरुद्ध भेनेजुएला (–०)

यसअघि प्रकाशित समाचारमा बोलिभियालाई हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ । सम्पादक

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.