default_image

3 years ago

September 6, 2021

प्रशिक्षक अलमुताइरी कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी सोमबार कतारतर्फ प्रस्थान गरेका छन् । भारतसँगको दुई मैत्रीपूर्ण खेल लगत्तै अलमुताइरी कतार लागेका हुन् । आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो भने बिहीबारको पहिलो खेल १–१ को बराबरी खेलेको थियो । नेपाली टोलीले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने भएकोले […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी सोमबार कतारतर्फ प्रस्थान गरेका छन् । भारतसँगको दुई मैत्रीपूर्ण खेल लगत्तै अलमुताइरी कतार लागेका हुन् । आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो भने बिहीबारको पहिलो खेल १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोलीले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने भएकोले त्यसको लागि अलमुताइरी अगाडि नै त्यसतर्फ गएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । अलमुताइरीले त्यहाँ मैत्रीपूर्ण खेलका लागि समेत पहल गर्ने बताइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघसँग विगतमा सहकार्य गर्ने सम्झौता भएअनुसार नेपाली टोलीको प्रशिक्षक कतारमा हुन लागेको उपाध्यायले बताए । कतार फुटबल संघकै सहयोगमा प्रो लाइसेन्स प्राप्त कुवेती अलमुताइरीले चैतमा नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

२४ सदस्यीय खेलाडीसहित राष्ट्रिय टोली शुक्रबार कतार प्रस्थान गर्नेछ । इन्डोनेसियामा रहेका रक्षक रोहित चन्द भने उतैबाट कतारमा टोलीमा सामेल हुने बताइएको छ । त्यहाँ दुई साता भन्दा लामो अभ्यासपछि टोली असोज ११ गते कतारबाट माल्दिभ्स जानेछ । माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।

साविक विजेता समेत रहेको माल्दिभ्ससँग खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपाल, माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले मात्र यसपटकको साफ च्याम्पियनसिपमा भाग लिनेछन् । राउन्ड रोविन लिगका आधारमा शीर्ष दुई टोलीले असोज ३० गते फाइनल खेल्नेछन् । नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ । नेपाल अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।
अलमुताइरीको नेतृत्वमा राष्ट्रिय टोलीले विश्व कप छनोटका ३ खेल र ३ मैत्रीपूर्ण खेल खेलेको छ । विश्व कप छनोटमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो भने अष्ट्रेलिया र जोर्डनसँग समान ३–० ले पराजित भएको थियो । त्यस्तै उनको नेतृत्वमा नेपालले इराक ६–२ र भारतसँगको मैत्रीपूर्ण खेल २–१ ले गुमाएको थियो भने भारतसँगको अर्को खेलमा १–१ को बराबरी खेलेको थियो ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.