default_image

3 years ago

September 7, 2021

फरक जिम्मेवारीमा सुजलको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)– सुजल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीका सिनियर खेलाडीमध्ये पर्दछन् । चोटका कारण जेठमा विश्व कप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका सुजलले साफ च्याम्पियनसिपको तयारीमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । उनी पछिल्लो पटक चैतमा स्वदेशमा भएको थ्री नेसन्स कपको टोलीमा समावेश थिए । भारतविरुद्ध आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा सुजलले पहिलो रोजाइमै […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सुजल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीका सिनियर खेलाडीमध्ये पर्दछन् । चोटका कारण जेठमा विश्व कप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका सुजलले साफ च्याम्पियनसिपको तयारीमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । उनी पछिल्लो पटक चैतमा स्वदेशमा भएको थ्री नेसन्स कपको टोलीमा समावेश थिए ।

भारतविरुद्ध आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा सुजलले पहिलो रोजाइमै रहेर टोलीमा पुनरागमन गरे । उनले आफ्नो खेल जीवनको अधिकांश खेलमा लेफ्ट विङ्गरको भूमिका निर्वाह गरेका थिए । भारतविरुद्धको खेलमा भने उनलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले लेफ्ट ब्याकमा प्रयोग गरे । भारतविरुद्धको पहिलो खेलमा लेफ्ट ब्याकमा सुमन अर्यालले खेलेका थिए ।

‘देशको प्रतिनिधित्व गर्दा जहिले पनि आनन्द लाग्छ । कमब्याक गर्न गाह्रो छ । तर असम्भव छैन । राष्ट्रिय टोलीमा फर्कंदा खुसी छु, उनले भने, चोट अहिले छैन । अस्ति एक पटक अलिक खुट्टा दुखेको थियो । अहिले ठीक छ ।’

छ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दा सुजलले फरक भूमिकामा पूरा ९० मिनेट खेले । ‘लेफ्ट ब्याक खेल्न अप्ठेरो भएन । जहाँ खेल्दा पनि सुखद महसुस हुन्छ । जहाँ खेल्दा नि खुसी लाग्छ । किन कि म खेलिरहेको छु’, भारतसँगको खेलपछि सुजलले भने, ‘मेरो प्रोपर ठाँउ त हैन । कोचले खेल्छौ भन्नु भयो । मैले हुन्छ भनें । जता खेले नि टोलीलाई केहि योगदान गर्न सकें भने त्यहि खुसीको विषय हो ।’

‘लामो समय विङ्गरमा खेलेर पनि होला त्यहाँ खेल्दा अहिल सहज लाग्छ । तर म जता खेल्दा नि खुसी छु’, उनले थपे, ‘सागमा फरवार्ड खेल्दा नि राम्रो भएको थियो ।’ डेढ वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सुजलकै कप्तानीमा नेपाली यू २३ ले स्वर्ण पदक रक्षा गरेको थियो ।

भारतसँगको प्रदर्शनमा प्रशिक्षक अलमुताइरीले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै सुजलले भने, ‘त्यसमा खुसी लाग्यो । उहाँ खुसी भएपछि म र टिम पनि खुसी छौं ।’

अर्को महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीकै क्रममा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल भएको थियो । नेपाल र भारतबीच असोज २४ गते साफ च्याम्पियनसिपमा खेल हुने यसअघि नै तय भइसकेको छ । बिहीबार पहिलो खेलमा १–१ खेलेको भएको थियो भने दोस्रो खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो । अब एक महिना भन्दा केहि दिन पछि फेरि यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

असोज १५ गते साविक विजेता समेत रहेको माल्दिभ्सविरुद्ध खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ । पछिल्लो पटक यी दुई टोलीबीच साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले भारतलाई ३–० ले पराजित भएको थियो । सन् २०१८ को साफ च्याम्पियनसिपपछि नेपालको माल्दिभ्ससँग झन्डै तीन वर्षपछि यसपटक राउन्ड रोविनमा भेट हुनेछ । यी तीन टोलीसहित श्रीलंका र बंगलादेशले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । ५ टोलीको सहभागिता राउन्ड रोविनका आधारमा च्याम्पियनसिप हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले असोज ३० गते फाइनल खेल्नेछन् ।

माल्दिभ्स जानुअघि नेपाली टोलीले दुई साता लामो अन्तिम तयारी कतारमा गर्नेछ । त्यसको व्यवस्थापन मिलाउनका लागि प्रशिक्षक अलमुताइरी सोमबार त्यसतर्फ गइसकेका छन् । २४ खेलाडीसहितको राष्ट्रिय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ । इन्डोनेसियामा रहेका रक्षक रोहित चन्द त्यहिबाट कतार पुगेर टोलीमा सामेल हुनेछन् । असोज ११ गते टोली त्यहिबाट माल्दिभ्स जाने छ ।

साफ च्याम्पियनसिपका लागि टोली उच्च मनोबलमा रहेको अनुभव सुजलले गरेका छन् । ‘भारतविरुद्ध जित्न सकेनौं तर प्रदर्शनका हिसाबले राम्रो भएको छ । यद्दपी अझै सिक्न बाँकी छ’, उनले भने, ‘कतारको क्याम्पमा पनि धेरै सिक्न छ ।’

राष्ट्रिय टोलीमा पछिल्लो समय युवा खेलाडीहरुको बाहुल्यता रहेको छ । सुजल त्यसैलाई टोलीको बलियो पक्ष मान्छन् । उनले भने, ‘अहिलेकै प्रशिक्षक हुने हो भने भविष्यमा भाईहरुले धेरै राम्रो गर्न सक्छन् ।’

पछिल्लो पटक के भएको थियो सुजललाई

राष्ट्रिय टोलीको कप्तानी गरिसकेका सुजललाई १३ औं सागका क्रममा चोट लागेको थियो । सागमा उनको तीघ्रामा समस्या थियो । त्यस लगत्तैको लिगमा उनलाई ग्रोइनको समस्याले सताएपछि पूरा समय मैदानमा बिताउन सकेनन् । यद्दपी उनी सम्मलित मछिन्द्र क्लबले इतिहासमा २०७६ को फागुनमा पहिलो पटक ए डिभिजिन लिग च्याम्पियन बन्यो ।

चोट विस्तारै ठीक हुँदै गयो । बंगलादेशसँग उसकै मैदानमा कार्तिक अन्तिम र मंसिरको सुरुमा भएको २ मैत्रीपूर्ण खेलमा उनी ठीक थिए । त्यसपछि पनि राष्ट्रिय टोलीले विश्व कप छनोटका लागि तयारी जारी राख्यो । कोरोनाका कारण दशरथ रंगशालामा चैतकै लागि तय विश्व कप अन्यत्रै सर्ने भयो । विश्वकप छनोट स्वदेशमा नहुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेश र कीर्गिसतान यू २३ सम्मलित थ्री नेसन्स कप (चैत १० देखि १६ गते) सम्म आयोजना गर्यो ।

थ्री नेसन्सकै दौरान सुजलले अर्को चोटको सामना गर्नुपर्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा स्प्रिन्ट हान्ने क्रममा बायाँ खुट्टाको पिडौलामा पीडा भएपछि उनले चाहे जसरी खेल्न सकेनन् । चोटले यसरी दुख दियो कि दौडनै कठीन भयो ।

‘दौडन खोज्दा पिडौंला सुईले घोचे जस्तो हुने । त्यसपछि त केहि गर्नै नसकिने’, पीडादायी समय स्मरण गर्दै उनले भनेका थिए, ‘अनि के कारणले भएको भन्ने जान्नका लागि चेक गराए । भिटामिन डीको कमी देखियो । अरु सबै रिपोर्ट ठीक थियो । त्यहि डीको कमीले हुन सक्छ भन्ने डक्टरको अनुमान छ ।’

डाक्टरको सल्लाहपछि उनले एनएसएल खेल्न नसक्ने निष्कर्षसहित नाम फिर्ता लिएका थिए । उनी एनएसएलमा सर्वाधिक २ लाख रुपैयाँ विक्री हुने ८ मध्येका एक थिए । गोलाप्रथामा उनी पोखरा थन्डर्समा पुगेका थिए । एनएसएल खेल्नका उनले पारिश्रमिक बुझिसकेका थिए । खेल्न नसक्ने भएपछि पोखरा डन्थर्सको व्यवस्थापनलाई पैसा फिर्ता गर्न गए । पैसा दिएर फर्कने सोचका साथ पुगेका सुजललाई पोखरा थन्डर्सको व्यवस्थापनले अर्को प्रस्ताव गर्यो । जुन उनले कल्पना पनि गरेका थिएनन् ।

‘खेल्न त मिलेन तर टोलीको व्यवस्थापकका रुपमा बस्न मिल्छ नि भन्नुभयो’, उनले त्यो पललाई स्मरण गर्दै उनले भनेका थिए, ‘उहाँहरुको त्यो माया देखेर मैले केहि नसोची हुन्छ भने । मेरो पीडा नै कम भएको महसुस गरे । उहाँहरुले मप्रति त्यस्तो माया देखाउनुभयो । म पोखरा थन्डर्स परिवार प्रति आभारी छु ।’ त्यसपछि चोट ठीक भएर उनी यसपटक टोलीमा समेटिएका हुन् ।

यो पनि : डेब्युको ‘विशाल’ प्रतिक्षा

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.