default_image

3 years ago

September 7, 2021

न्यु बर्नबेउ, न्यु रियल म्याड्रिड

एजेन्सी – यो सिजनको समर ट्रान्सफरमा स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेन । रियलले राखेको दुई प्रस्तावलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नकारेपछि एमबाप्पेको स्थानान्तरण हुन सकेन । एमबाप्पे अनुबन्धमा असफल भएपनि रियल आफ्नो महत्वाकाङ्क्षी परियोजनालाई अघि बढाइरहेको छ । क्लबको घरेलु मैदान सान्टियागो बर्नबेउ […]

78 views

0 Bookmark

एजेन्सी – यो सिजनको समर ट्रान्सफरमा स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेन । रियलले राखेको दुई प्रस्तावलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नकारेपछि एमबाप्पेको स्थानान्तरण हुन सकेन ।

एमबाप्पे अनुबन्धमा असफल भएपनि रियल आफ्नो महत्वाकाङ्क्षी परियोजनालाई अघि बढाइरहेको छ । क्लबको घरेलु मैदान सान्टियागो बर्नबेउ पुनर्निर्माणको अन्तिम तयारीमा रहेको छ । सम्भवत १३ सेप्टेम्वरमा रियलले सेल्टा डि भिगोसँग यही मैदानमा झन्डै दुई वर्षपछि खेल्नेछ

सान्टियागो बर्नबेउ नयाँ ढाँचामा पुनर्निर्माण भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ । रियलमा एकछत्र राज गरेका सेन्टर ब्याकद्धय सर्जियो रामोस र राफयल भरान यो समरसँगै रियलबट बिदा भइसकेका छने । डेभिड अलाबा र इडुआर्डाे कामाभिंगा नयाँ सदस्यको रुपमा रियलमा भित्रिएका छन् ।

समर ट्रान्सफरमा एमबाप्पेले पीएसजी छाड्ने बताइरहँदा पीएसजीले रियलको प्रस्ताव अस्विकार गरेपनि रियल एमबाप्पे अनुबन्धको दौडबाट पछि हटेको छैन । रियलले सम्भवत आगमी जनवरीमा एमबाप्पेसँग सम्झौता गर्न सक्नेछन् । त्यसो हुन नसकेको अवस्थामा अर्काे समरमा फ्रि एजेन्टमा एमबाप्पे भित्र्याउन सक्नेछन् ।

रियलको नजर एमबाप्पेमा मात्र छैन । विश्व फुटबलमा तहल्का मच्चाइरहेका जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेलिरहेका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्वमा पनि रहेको छ ।

रियलले अर्काे समरमा केलियन एमबाप्पेसहित नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र फ्रान्सेली आक्रमक मिडफिल्डर पल पोग्वालाई पनि अनुबन्धको प्रयास थाल्दै नयाँ रियल म्याड्रिड बनाउने योजना बुनेको छ । एमबाप्पे र पोग्वाले रियलबाट खेल्ने मनासय बनाइसकेका छन् । हालान्डसँग रियलले लगतार छलफल गरिरहेको छ ।

सम्झौता नविकरण गरेका खेलाडी
रियल नाम चलेका खेलाडी भित्र्याउन जुनसुकै मुल्य चुकाउन पछि पर्दैन । तर पछिल्लो समय रियलले गालाटिको सम्झौता गर्न सकेको छैन । कोभिड–१९ को कारण क्लबमा देखिएको आर्थिक मन्दी पनि एक कारण हुन सक्छ ।

कप्तान सर्जियो रामोसले रियलमा दुई वर्षको सम्झौता माग गरेपनि क्लबले एक वर्षको सम्झौता दिने बताएपछि उनी रियल छाड्दै पीएसजी पुगे । राफयल भरानले म्यानचेस्टर युनाइटेड रोजे । यसबाहेक रियलले आफुलाई आवश्यक पर्ने महत्वपुर्ण खेलाडीसँग सम्झौता नविकरण गरेका छन् ।

रियलले लुकास भास्क्वेज (२०२४), नाचो (२०२३), ड्यानी कार्भाजल (२०२५), थिवाउट कोर्टुवा (२०२६), करिम बेन्जेमा (२०२३) र फेडे भाल्र्भेडेलाई (२०२७) सम्म सम्झौता नविकरण गरेका छन् । लुका मोड्रिचको सम्झौता २०२२ सम्म रहेको छ । उनको सम्झौता उनकै प्रदर्शनमा भर पर्नेछ ।

कप्तान मार्सेलो, इस्को र ग्यारेथ बेलको रियलमा भविष्य निश्चित छैन । यि तीनै जनाको सम्झौता २०२२ को जुनसँगै सकिनेछ । उनीहरुको खेल र आर्थिक कारण पनि उनीहरुले क्लब छाड्ने सम्भावना छ ।

नयाँ सिजनको तीन चरणको खेल सकिदा रियल २ जित र १ बराबरीका साथ ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सेभिया, भ्यालेन्सिया, बार्सिलोना, एट्लेटिको म्याड्रिड र रियल मलोर्काको समान ७ अंक रहेपनि क्रमश शीर्ष ६ मा रहेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.