default_image

3 years ago

September 7, 2021

नेयमार आएपछि पिएसजीको आर्थिक उन्नति

एजेन्सी – बाज्रिलियन सुपर स्टार नेयमार बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) गएको चार वर्ष भइसकेको छ । उनी विश्व कीर्तिमान रकममा पिएसजी पुगेका थिए । अहिले उनले पहिलो वर्ष कति आम्दानी गरे भन्ने विषयको चर्चा हुने गरेको छ । नेयमारले पहिलो सिजन पिएसजीबाट ४ सय मिलियन युरो आम्दानी गरेको बताइएको छ । स्पेनबाट उनी फ्रान्स […]

79 views

0 Bookmark

एजेन्सी – बाज्रिलियन सुपर स्टार नेयमार बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) गएको चार वर्ष भइसकेको छ । उनी विश्व कीर्तिमान रकममा पिएसजी पुगेका थिए । अहिले उनले पहिलो वर्ष कति आम्दानी गरे भन्ने विषयको चर्चा हुने गरेको छ ।

नेयमारले पहिलो सिजन पिएसजीबाट ४ सय मिलियन युरो आम्दानी गरेको बताइएको छ । स्पेनबाट उनी फ्रान्स पुगेपछि त्यो विश्वव्यापी रुपमा पनि ठूलो प्रभाव पारेको थियो । पिएसजीले नेयमारका लागि गरेको लगानीबाट त्यतिकै कमाई गरेको पनि बताइन्छ ।

‘हामीले नेयमारका लागि लगानी गरेको भन्दा बढी कमायौं’, नेयमारसँग सम्झौता गरेको दिन पिएसजीका अध्यक्ष नासिर अल खलिफाले भनेका थिए । नेयमारले लगाउने जर्सी सार्वजनिक गरेको दुई घन्टामा क्लबको आधिकारिक पसलबाट ५ लाख मिलियन युरोको जर्सी विक्री भएको थियो ।

नेयमारलाई सार्वजनिक गरेपछि नै पिएसजीले इटालियन ब्रान्ड रिप्ले वा नाइकको प्रस्ताव पाएको थियो । उनको आगमन पछि सामाजिक सञ्जालमा पनि क्लबको चर्चा चुलिएको थियो । नेयमार पिएसजीमा आबद्ध भएको पहिलो सिजन फ्रान्समा २५ प्रतिशत दर्शकहरु बढेका थिए । त्यस्तै डिस्ने च्यानलले लिग वानका खेल ब्राजिलमा प्रसारण सुरु गरेको थियो ।

‘नेयमारको आगमनले पिएसजी र फ्रान्सेली लिगले अर्को आयम लिएको छ’, लिग वानका इन्टरनेसनल डेभलप्मेन्टका निर्देशक योना गोडिनले भने, ‘नेयमारको पहिलो खेल फुटबल इतिहासमा सर्वाधिक हेरिएको खेलमध्ये एक हो ।’ उनको आगमनले पिएसजी विश्वको सर्वाधिक नाफा कमाउने क्लब मध्ये दोस्रो बनेको छ । त्यस्तो टोली विश्व फुटबलको पाँच शक्तिशाली क्लबमा पर्दछ ।

नेयमार नभएको भए मेस्सी पिएसजीमा हुन्थेनन्

अर्जेन्टिनी कप्तान लिओनल मेस्सी र नेयमार मिल्ने साथी हुन् । उनीहरुले बार्सिलोनामासँगै चार वर्ष खेलेका थिए । यदि नेयमार पिएसजीमा थिएनन् भने मेस्सी पनि त्यहाँ जाने सम्भावना नहुने चर्चा हुने गरेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.