default_image

3 years ago

September 7, 2021

रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण थाले

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण सुरु गरेका छन् । ३६ वर्षीय रोनाल्डोले मंगलबारदेखि युनाइटेडको प्रशिक्षण स्थल क्यारिङटन ट्रेनिङ ग्राउन्डमा प्रशिक्षण थालेका हुन् । रोनाल्डो फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा उत्तरी आयरल्यान्डविरुद्धको खेल लगत्तै लन्डन फर्किएका थिए । विजयी गोल गरेपछि जर्सी फुकाल्दै गोलको खुशीयाली मनाएपछि उनले […]

64 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण सुरु गरेका छन् । ३६ वर्षीय रोनाल्डोले मंगलबारदेखि युनाइटेडको प्रशिक्षण स्थल क्यारिङटन ट्रेनिङ ग्राउन्डमा प्रशिक्षण थालेका हुन् ।

रोनाल्डो फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा उत्तरी आयरल्यान्डविरुद्धको खेल लगत्तै लन्डन फर्किएका थिए । विजयी गोल गरेपछि जर्सी फुकाल्दै गोलको खुशीयाली मनाएपछि उनले पहेलो कार्ड पाएका थिए । उनी एक खेलको प्रतिबन्धमा पर्ने भएपछि पोर्चुगल फुटबल फेडेरेसनले उनलाई बेलायत जान अनुमति दिएको थियो ।

पोर्चुगलले २–१ को जित निकालेको खेलमा रोनाल्डोले खेलको अन्त्यतिर दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई तोड्दै आफ्नो नाममा लेखाएका थिए । रोनाल्डोले १११ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अली दाईले १०९ गोल गरेका छन् ।

यो सिजनको समर ट्रान्सफरको अन्तिम दिन इटालियन क्लब युभेन्ट्सबाट २० मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएलगत्तै उनी अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पुग्दा युनाइटेडको टिम सहयात्रीसँग प्रशिक्षण गर्न पाएका थिएनन् ।

रोनाल्डोले ५ दिनको क्वारेन्टिन अवधि पुरा गर्दै प्रशिक्षक ओले गनर सोल्सायरको प्रशिक्षणमा टिम सहयात्रीसँग सामेल भएका थिए । रोनाल्डो सन् २००३ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट म्यानचेस्टर युनाइटेडमा आएका थिए ।

२००९ सम्म युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जित्दा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । पाँच पटकको बालोन डी’ ओर विजेता रोनाल्डोले सन् २००९ मा इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल म्यड्रिड पुगेका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स पुगेका थिए ।

रोनाल्डो युनाइटेडबाट आफ्नो दोस्रो डेब्यु गर्न तत्पर छन् । रोनाल्डोले अन्तर्राष्ट्रिय ब्रेकपछिको न्युक्यासल युनाइटेडविरुद्धको प्रिमियर लिगकै पहिलो खेल खेल्ने सम्भावना छ । खेल शनिबार ओल्ड ट्राफोर्डमा हुँदैछ ।

रोनाल्डोले युनाइटेडमा आफ्नो आइकोनिक नम्बर ७ नम्बर जर्सी लगाउनेछन् । अर्थात उनी फेरि पनि ‘सिआर सेभेन’ नै हुनेछन् । उनले सन् २००९ मा युनाइटेड छाड्न समयमा ७ नम्बर जर्सी नै लगाएका थिए । रियल म्याड्रिड र युभेन्ट्समा उनले आफ्नो ‘सिआर सेभेन’ ब्रान्डको प्रचारलाई निरन्तरता दिदै सोही नम्बर लगाइरहे । राष्ट्रिय टोलीमा पनि उनले ७ नम्बर जर्सी नै प्रयोग गर्ने गर्दछन् ।

दोस्रोपटक युनाइटेडमा आबद्ध भएपछि उनले क्लबमा ७ नम्बर जर्सी पाउने नपाउने छलफलको विषय बनेको थियो । तर, युनाइटेडमा ७ नम्बर लगाइरहेका उरुग्वेली फरवार्ड इडिन्सन काभानीले रोनाल्डोको लागि उक्त नम्बर प्रदान गर्दै उनले राष्ट्रिय टोलीबाट लगाउँदै आएको २१ नम्बरको जर्सी रोजेका थिए ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.