default_image

3 years ago

September 8, 2021

ग्रिजमनको दुई गोलमा फ्रान्सको जित

एजेन्सी – एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा फ्रान्सले विश्वकप छनोटमा फिनल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा फ्रान्सले फिनल्यान्डमाथि २–० को सहज जित हात पारेको हो । यससँगै फ्रान्सले पछिल्लो छैटौं खेलमा आफ्नो जितविहीन यात्रालाई टुंग्याएको छ । फ्रान्सले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा जर्मनीलाई १–० ले पराजित गरेयता पछिल्लो पाँच खेलमा जित हात पार्न […]

35 views

0 Bookmark

एजेन्सी – एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा फ्रान्सले विश्वकप छनोटमा फिनल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा फ्रान्सले फिनल्यान्डमाथि २–० को सहज जित हात पारेको हो ।

यससँगै फ्रान्सले पछिल्लो छैटौं खेलमा आफ्नो जितविहीन यात्रालाई टुंग्याएको छ । फ्रान्सले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा जर्मनीलाई १–० ले पराजित गरेयता पछिल्लो पाँच खेलमा जित हात पार्न सकेको थिएन । सबै पाँच खेलमा फ्रान्सले बराबरी खेलेको थियो ।

ग्रुपमा स्टेडियम फ्रान्समा मंगलबार राति भएको खेलमा ग्रिजमनको गोलबाट फ्रान्सले खेलको २५औं मिनेटमा अग्रता लिएको थियो । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ५३औं मिनेटमा लियो डुवोइसको पासमा ग्रिजमनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए ।

जितपछि समूह ‘डी’ मा अपराजित फ्रान्स ६ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । फिनल्यान्ड ४ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा बोस्निया एन्ड हर्ज गोभिना र काजकस्तानले २–२ गोलको बराबरी खेलेका छन् । यो नतिजापछि दुवै टोली ३ अंक जोडेर चौथो र पाँचौ स्थानमा रहेको छ । युक्रेन ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.