default_image

3 years ago

September 8, 2021

डिपाएको ह्याट्रिकमा नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टर्डममा मंगलबार राति भएको खेलमा डच टोलीले १० खेलाडीमा समेटिएको टर्कीमाथि ६–१ को फराकिलो जित निकालेको हो । डेभी क्लासेन, गुस टिल […]

62 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टर्डममा मंगलबार राति भएको खेलमा डच टोलीले १० खेलाडीमा समेटिएको टर्कीमाथि ६–१ को फराकिलो जित निकालेको हो । डेभी क्लासेन, गुस टिल र डोनेल मालेनले समान एक गोल गर्दा सेन्गुइज अन्डरले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा नै डेभी क्लासेनले मेम्फिस डिपाएको पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । १६औं मिनेटमा डेभी क्लासेनको पासमा मेम्फिस डिपाएले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

काग्लर सोयुन्कुले पेनाल्टी बक्समा क्लासेनमाथि अनावश्यक फल गरेपछि रेफ्रीले डच टोलीलाई पेनाल्टी प्रदान गरेको थियो । यसपटक रातो कार्डबाट बचेका सोयुन्कुले ४४औं मिनेटमा डिपाएमाथि उस्तै फल गरेपछि दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टर्की पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

५४औं मिनेटमा मेम्फिस डिपाएले स्टेभन वर्ग हइसको पासमा ह्याट्रिक पुरा गरेपछि घरेलु टोलीले खेलमा ४–० को आरामदायी अग्रता लियो । ८०औं मिनेटमा सब्सिच्युट गुस टिलले गोल गर्दै खेललाई ५–० को अवस्थामा ल्याए । ९०औं मिनेटा डोनेल मालेनले गोल गर्दै डच टोलीको जित पक्का गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सेन्गुइज अन्डरले गोल गर्दै खेललाई ६–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

यो जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ६ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १३ अंक नै रहेपन गोलअन्तरमा नर्वे दोस्रो स्थानमा छ । पराजित टर्की ११ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

यही समूहको अर्काे खेलमा नर्वेले जिब्राल्टारमाथि ५–१ को फराकिलो जित दर्ता गर्दा मोन्टेनेग्रो र लात्भियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मोन्टेनेग्रो ८ अंक जोडेर चौथो स्थानमा रहँदा लात्भिया ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जिब्राल्टारले अंकको खाता खोल्न सकेको छैन ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.