default_image

3 years ago

September 8, 2021

हालान्डको ह्याट्रिकमा नर्वेको सानदार जित

एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक सहयोगमा नर्वेले विश्वकप छनोटमा जिब्राल्टारमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा नर्वेले जिब्राल्टारमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो । क्रिस्टियन थ्रोस्टेभेड र एलेसान्दर सोर्लाेथले समान एक गोल गर्दा रिस स्टेचीले जिब्राल्टारका लागि सान्त्वना गोल फर्काए । युलेभाल स्टेडियम ओस्लो नर्वेमा मंगलबार राति भएको खेलको […]

34 views

0 Bookmark

एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक सहयोगमा नर्वेले विश्वकप छनोटमा जिब्राल्टारमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा नर्वेले जिब्राल्टारमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो । क्रिस्टियन थ्रोस्टेभेड र एलेसान्दर सोर्लाेथले समान एक गोल गर्दा रिस स्टेचीले जिब्राल्टारका लागि सान्त्वना गोल फर्काए ।

युलेभाल स्टेडियम ओस्लो नर्वेमा मंगलबार राति भएको खेलको २३औं मिनेटमा क्रिस्टियन थ्रोस्टेभेडको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । २७औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर पारे ।

३९औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नर्वेले खेलमा ३–० को आरामदायी अग्रता बनायो । ४३औं मिनेटमा रिस स्टेचीले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को अवस्थामा ल्याए ।

५९औं मिनेटमा सोर्लाेथले गोल गर्दै नर्वेलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हालान्डले ह्याट्रिक पुरा गर्दै नर्वेलाई ५–१ को फराकिलो जित दिलाए । सन् २०१९ देखि सिनियर टोलीमा रहेका हालान्डले नर्वेका लागि १५ खेलमा १२ गोल गरिसकेका छन् ।

यो जितसँगै समूह ‘जी’ मा नर्वेले शीर्षस्थानको नेदरल्यान्ड्ससँग अंक बराबरी गर्दा टर्कीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । समान १३ अंक रहेपनि नर्वे गोलअन्तरमा दोस्रो स्थानमा छ । टर्कीको ११ अंक छ । जिब्राल्टारले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा मेम्फिस डिपाएले ह्याट्रिक पुरा गरेको खेलमा नेदरल्यान्ड्सले १० खेलाडीमा समेटिएको टर्कीमाथि ६–१ को फराकिलो जित निकालेको छ । मोन्टेनेग्रो र लात्भियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मोन्टेनेग्रो ८ अंक जोडेर चौथो स्थानमा रहँदा लात्भिया ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.