default_image

3 years ago

September 8, 2021

डेनमार्क अपराजित, क्रोएसियाको जित

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डेनमार्कले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लगातार छैटौ जित दर्ता गरेको छ । घरेलु मैदानमा डेनमार्कले इजरायलमाथि ५–० को एकतर्फी जित निकाल्दै छनोटमा लगातार छैटौ जित निकालेको हो । तेलिया पार्केन कोपेनहेगनमा डेनमार्कको फराकिलो जितमा युस्सुफ पौल्सेन, सिमोन कायर, एन्ड्रिस स्कभ ओल्सेन, […]

53 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डेनमार्कले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लगातार छैटौ जित दर्ता गरेको छ ।

घरेलु मैदानमा डेनमार्कले इजरायलमाथि ५–० को एकतर्फी जित निकाल्दै छनोटमा लगातार छैटौ जित निकालेको हो । तेलिया पार्केन कोपेनहेगनमा डेनमार्कको फराकिलो जितमा युस्सुफ पौल्सेन, सिमोन कायर, एन्ड्रिस स्कभ ओल्सेन, थोमस डिलाने र एन्ड्रिएस कोर्नेलिअसले समान एक गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

यही समूह ‘एफ’ को अर्काे खेलमा अष्ट्रियाले स्कटल्यान्डसँग १–० को हार बेहोर्दा फारोइ आइल्यान्डले पहिलो जित दर्ता गर्दा मोल्दोभालाई २–१ ले पराजित गरेको छ ।

यो नतिजापछि डेनमार्क ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहँदा स्कटल्यान्ड ११ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । इजरायल १० अंक जोडेर तेस्रो स्थानमा रहँदा अष्ट्रिया ७ अंक जोडेर चौथोमा यथावत छ । फारोइ आइल्यान्डको ४ तथा मोल्दोभाको १ अंक छ ।

यस्तै समूह ‘एच’ को खेलमा क्रोएसियाले स्लोभेनियालाई ३–० ले पराजित गरेको छ । क्रोएसियाको जितमा मार्काे लिभाजा, मारियो पासालिस र निकोला भ्लासिसले समान एक गोल गरे । यही समूहको अर्काे खेलमा रसियाले माल्टालाई २–० ले पराजित गर्दा स्लोभाकियाले साइप्रसमाथि २–० कै जित निकालेको छ ।

यो नतिजा पछि क्रोएसिया ६ खेलबाट १३ अंक जोड्दै शीर्षस्थानमा रहँदा समान १ अंक नै रहेपनि रसिया दोस्रो स्थानमा रहेको छ । स्लोभाकियाको ९ तथा स्लोभेनियाको ७ अंक छ । माल्टा र साइप्रसको समान ४ अंक छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.