default_image

3 years ago

September 8, 2021

एमबाप्पे पिएसजी बस्ने ७ आधार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएजसी) सम्झौता नविकरणका लागि युवा स्टार केलियन एमबाप्पेलाई पछिल्लो पटक प्रति सिजन २५ मिलियन युरोको प्रस्ताव राखेको थियो । तर, उनले त्यो प्रस्तावलाई अस्वीकार गरेका थिए । त्यसमा लियोनार्दोले अब रकम बढाएर अर्को प्रस्ताव नगरिने प्रष्ट पारेका थिए । लिओनार्दोले भनेका थिए त्यो प्रस्ताव विश्वको उत्कृष्ट खेलाडीका लागि गरिने खालको […]

99 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएजसी) सम्झौता नविकरणका लागि युवा स्टार केलियन एमबाप्पेलाई पछिल्लो पटक प्रति सिजन २५ मिलियन युरोको प्रस्ताव राखेको थियो । तर, उनले त्यो प्रस्तावलाई अस्वीकार गरेका थिए । त्यसमा लियोनार्दोले अब रकम बढाएर अर्को प्रस्ताव नगरिने प्रष्ट पारेका थिए ।

लिओनार्दोले भनेका थिए त्यो प्रस्ताव विश्वको उत्कृष्ट खेलाडीका लागि गरिने खालको हो । कतिपयको विश्वास थियो यो सिजन एमबाप्पे रियल जानेछन् । तर, रियलको २ सय मिलियन युरोको प्रस्तावलाई पनि पिएसजीले अस्वीकार गरेको थियो । जनवरी १ मा एमबाप्पले पूर्व सम्झौताका कानुनी रुपमै छलफल गर्न सक्नेछन् । पिएसजी भने फेरि पनि एमबाप्पेसँग सम्झौताका लागि प्रयास गर्ने रणनीतिमा रहेको छ । केहि त्यस्ता कारण छन्, जसले एमबाप्पेलाई पिएसजीको बसाई थप लम्बाउन सक्नेछ ।

दुई सिजनको प्रस्ताव

पिएसजीले सम्झौता नविकरणका लागि अक्टुबरमा अर्को प्रस्ताव लान सक्नेछ । त्यसमा दुई वर्षको सम्झौताको प्रस्ताव लाने र यसअघिको रकम भन्दा बढाएर लाने सम्भावना रहेको बताइएको छ । यद्दपी लियोनार्दोले रकम बढाएर प्रस्ताव नलाने बताएका थिए ।
यसअघि पिएसजीको दुई पटकको औपचारिक प्रस्तावलाई एमबाप्पले अस्वीरका गरिसकेको थिए । जसमा पिएसजीले उनलाई लामो समयको सम्झौताको प्रस्ताव गरेको थियो । त्यसकारण पनि पिएसजीले यसपटक छोटो अवधिको प्रस्ताव लान सक्नेछ । मुख्यतः च्याम्पियन्स लिग जित्ने लक्ष्य पुरा गर्नका लागि पनि पिएसजी उनलाई क्लबमा राख्न चाहन्छ ।

नेयमार र मेस्सी

नेयमार र लियोनल मेस्सीबीच बलियो मित्रता रहेको मानिन्छ । नेयमारले आफू एमबाप्पेसँग पनि लामो समय खेल्न चाहेको बताएका छन् । एमबाप्पेलाई क्लबमै राख्नका लागि नेयमारको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ । जसले एमबाप्पे र मेस्सीबीच मैदानमा उत्कृष्ट साझेदारी हुन सक्नेछ । एमबाप्पले रियलबाट खेल्ने आफ्नो सपना रहेको लुकाएका छैनन् । त्यो इच्छा पुरा गर्नुअघि मेस्सी र नेयमारसँग मिलेर पिएसजीका लागि च्याम्पियन्स लिग जित्ने योजनामा उनी सहमत हुन सक्ने अनुमान पनि गरिएको छ ।

म्याक्रोंको सन्देश

फुटबल र राजनीतिमा कहिले काही नचाहेको हस्तक्षेप पनि हुने गरेको छ । त्यस्तै फ्रान्सका अध्यक्ष इमानुयल म्याक्रोंले एमबाप्पलेको विषयमा हस्तक्षेप गरेको बताइएको छ । फ्रान्सको राष्ट्रिय फुटबल टोलीलाई भेट्ने क्रममा उनले एमबाप्पे युवाहरुको रोलमोडल भएकोले उनी पिएसजीमै रहनुपर्ने बताएका थिए । सार्वजनिक रुपमा मात्र होइन उनले व्यक्तिगत रुपमा पनि एमबाप्पेलाई सुझाव दिएको जनाएको छ ।

समर्थकको साथ

युरा २०२० मा फ्रान्सको कमजोर प्रदर्शन पछि पिएसजीका समर्थकले एमबाप्पेको आलोचना गरेका थिए । लिग वानको पहिलो खेलमा पनि समर्थकले उनलाई सिठ्ठी बजाएका थिए । वर्षौदेखि समर्थकको साथ पाइरहेका एमबाप्पले सायद आफूप्रति त्यस्तो व्यवहारको कल्पना गरेका थिएनन् ।

पिएसजीले एमबाप्पेको च्यारिटीमा सघाउने सम्भावना

पिएसजीले एमबाप्पेको च्यारिटीमा सघाउने सम्भावना रहन्छ । उनको फाउन्डेसनले सन् २०१९ देखि अति कमजोरहरुलाई सघाउँदै आएका छन् । नेयमारले ब्राजिलमा स्कुल खोल्दा पनि पिएसजीले सघाएको थियो । पिएसजीका अध्यक्ष नासिर अल खलिफा पनि ब्राजिल पुगेर नेयमार र उनका पिताका साथ त्यो स्कुल पुगेका थिए ।

कतारमा महत्त्वपूर्ण सम्झौता हुने सम्भावना

नेयमारलाई जस्तै एमबाप्पेका लागि पनि इन्डोस्मेन्टका लागि पनि पिएसजीले पहल गर्ने सम्भावना रहन्छ । २०१८ मा नेयमार कतार नेसनल बैंकको ब्रान्ड एम्बसडर बनाएको थियो । दोहाको शक्तिशाली बैंक मध्येको एक पिएसजीको प्रायोजक हो । क्लबका अन्य मुख्य प्रायोजकमा नाइकी र एकोर पनि छन् । एमबाप्पे विश्व फुटबलका आशा लाग्दा खेलाडी मध्ये हुन् । उनलाई पनि त्यस्तै ठूलो कम्पनीसँग जोडिने अवसर हुन सक्दछ ।

परिवारसँग सम्बन्ध पूर्नस्थापनाको प्रयास

रियलले पहिलो पटक एमबाप्पेलाई लिन खोज्दा परिवारका कारण सम्भव भएन । अहिले पनि पिएसजीले त्यहि रणनीति अपनाउ सक्ने सम्भावना रहन्छ । परिवारले एमबाप्पेलाई सम्झौता नविकरणका लागि राजी गराउन सक्ने अनुमान गरेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.