default_image

3 years ago

September 8, 2021

‘साम्बा नहुँदा डिफेन्डरलाई सहज’ – बंगलादेश प्रशिक्षक छोटो

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलाम रोबानी छोटोले घरेलु टोली नेपालविरुद्धको मैत्रीपुर्ण खेलमा कुनै दवावविना मैदान उत्रने बताएका छन् । एएफसी वुमेन्स एसियन कपको तयारी स्वरुप नेपाल र बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपुर्ण खेल हुनेछ । पहिलो मैत्रीपुर्ण खेल बिहीबार साँझ ५ बजे हुनेछ । प्रि–म्याच पत्रकार सम्मेलनमा […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलाम रोबानी छोटोले घरेलु टोली नेपालविरुद्धको मैत्रीपुर्ण खेलमा कुनै दवावविना मैदान उत्रने बताएका छन् ।

एएफसी वुमेन्स एसियन कपको तयारी स्वरुप नेपाल र बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपुर्ण खेल हुनेछ । पहिलो मैत्रीपुर्ण खेल बिहीबार साँझ ५ बजे हुनेछ ।

प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक छोटोले दक्षिण एसियाको उत्कृष्ट महिला फरवार्ड मध्येको सावित्रा भण्डारी ‘साम्बा’ बिनाको नेपाली टोलीसँग खेल्दा आफ्नो टोलीलाई केही राहत महसुस हुने बताएका छन् । ‘सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन् । उनी भोलिको खेलमा नहुनु दुःखद कुरा हो,’ प्रशिक्षक छोटोले भने, ‘तर, हाम्रा डिफेन्डरलाई नेपाली टोलीमा सावित्रा नहुँदा केही राहत महसुस पक्कै हुनेछ ।’

प्रशिक्षक छोटोले विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको क्यालेन्डरको उपयोग गर्दै मैत्रीपुर्ण खेल आयोजना गरेकोमा एनफालाई धन्यवाद ज्ञापन गरे । उनले नेपालविरुद्धको खेल एएफसी वुमेन्स एसियन कप छनोटको तयारीका लागि महत्वपुर्ण हुने बताए ।

‘हाम्रो टोलीमा अहिले प्राय सबै खेलाडी उमेर समूहबाट आएका छन् । उमेर समूहबाट धेरै समयसँगै खेलका खेलाडी छन् ।’ प्रशिक्षक छोटोले भने, ‘लामो समयपछि खेल्न पाउँदा खेलाडी खुशी छन् । त्यसका लागि मिहेनत पनि गरिरहेका छन् ।’

यस्तै, बंगलादेशकी कप्तान सविना खातुनले पनि नेपालको सामना गर्न आफ्नो टोली तयार रहेको बताइन् । ‘हामी छनोटका लागि तयार छौं । धेरै खेलाडी उमेर समूहबाट छन् । राम्रो तालमेल छ, प्रतिस्पर्धात्मक खेल हुनेमा आशावादी छौं,’ उनले भनिन् ।

नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटमा दुई खेल हुनेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.