default_image

3 years ago

September 8, 2021

प्रिमियर लिगका ब्राजिलियन खेलाडी क्लबबाट खेल्न प्रतिबन्धित

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रिमियर लिग खेल्ने ब्राजिलका आठ खेलाडीलाई आफ्नो क्लबबाट खेल्न प्रतिबन्ध गर्ने भएको छ । ब्राजिलियन फुटबल संघले अन्तर्राष्ट्रिय फुटबलमा फिफाले राखेको प्रावधान अनुसार नै क्लबहरुलाई ती खेलाडी प्रयोग गर्न नदिने भएको हो । प्रिमियर लिगका केहि क्लबले ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्न बोलाएका खेलाडी फुकुवा गर्न मानेका […]

101 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रिमियर लिग खेल्ने ब्राजिलका आठ खेलाडीलाई आफ्नो क्लबबाट खेल्न प्रतिबन्ध गर्ने भएको छ । ब्राजिलियन फुटबल संघले अन्तर्राष्ट्रिय फुटबलमा फिफाले राखेको प्रावधान अनुसार नै क्लबहरुलाई ती खेलाडी प्रयोग गर्न नदिने भएको हो ।

प्रिमियर लिगका केहि क्लबले ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्न बोलाएका खेलाडी फुकुवा गर्न मानेका थिएनन् । ब्राजिलले छनोटका केहि खेल ती खेलाडी बिनानै खेल्ने निर्णय गरेको थियो । तर फिफाको नियम अनुसार क्लबहरुले खेलाडी फुकुवा गर्न नमानेको खण्डमा अन्तर्राष्ट्रिय खेल सकिएपछि ५ दिन थप प्रतिबन्ध लगाउन पाउने प्रावधान रहेको छ ।

ब्राजिलले त्यसै नियमअनुसार प्रिमियर लिगका खेलाडीलाई खेल्न नदिने भएको हो । दक्षिण अमेरिकाको छनोट खेलहरु सेप्टेम्बर ९ सम्म रहेकाले प्रिमियर लिग क्लबले अब सेप्टेम्बर १०-१४ सम्म ब्राजिलको राष्ट्रिय टोलीमा बोलाइएका खेलाडी प्रयोग गर्न पाउने छैनन् ।

ब्राजिलले लिभरपुलका गोलरक्षक एलिसन बेकर, मिडफिल्डर फाबिन्हो र फरवार्ड रोबर्टो फिर्मिनो, म्यानचेस्टर सिटीका गोलरक्षक एडरसन मोराएस र फरवार्ड ग्याब्रिएल जेसस, चेल्सीका डिफेन्डर थियागो सिल्भा, म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फ्रेड र लिड्स युनाइटेडका विंगर राफिन्हालाई खेल्न नदिन फिफासमक्ष अनुरोध गरेको छ ।

ब्राजिलले एभर्टनबाट खेल्दै आएका फरवार्ड रिचार्लीसनलाई भने कुनै प्रतिबन्ध नलगाउने निर्णय गरेको छ । एभर्टनले रिचार्लीसनलाई ओलम्पिक खेल्न अनुमति दिएका कारण पनि ब्राजिलले केहि लचकता अपनाएको बुझिएको छ । अन्य क्लबको पक्षमा भने ब्राजिल निकै कडा रुपमा प्रस्तुत भएको छ ।

यस निर्णयसँगै प्रतिबन्धित आठ खेलाडीले प्रिमियर लिग अन्तर्गत यस साता हुने खेल गुमाउने छन् । म्यानचेस्टर युनाइटेडका फ्रेड र चेल्सीका सिल्भाले च्याम्पियन्स लिगको पहिलो खेल पनि गुमाउने भएका छन् । प्रिमियर लिगले फिफा समक्ष निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । क्लबहरुले पनि खेलाडीहरुको हितको लागि निर्णय गरेको भन्दै निर्णय बदल्ने अपेक्षा राखेका छन् ।

यसअघि प्रिमियर लिग खेल्ने अर्जेन्टिनाका चार खेलाडी विश्वकप छनोट खेल्न ब्राजिल गएपछि यी दुई राष्ट्रबीचको खेल सुरु भएको केहीबेरमा नै रोकिएर रद्द भएको थियो । खेलको सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए ।

स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेपछि रेफ्रीले खेल रोकेका थिए । केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि एकछिनमा अर्जेन्टिनी टोली मैदान छोड्दै बाहिरिएको थियो । त्यसको केहिबेरमा रेफ्री टोली पनि मैदान छोड्दै टनेल भित्र पसे ।

यसबीचमा ब्राजिलका खेलाडी र अफिसियल भने एन्भिसा प्रतिनिधिसँग छलफलमा रहेका थिए । अर्जेन्टिनाको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने ४ खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ । एन्भिसाले भने अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेकाले डिपोर्ट (देश निकाला) गर्नुपर्ने दिउँसोदेखि नै बताएको थियो ।

तर ब्राजिल पुगेको तीन दिन बित्दापनि केहि खबर नपाएको भन्दै अर्जेन्टिनी टोलीले त्यसको विरोध जनाएको थियो । ब्राजिलियन संचारमाध्यमले भने यी ४ खेलाडीले आफ्नो विवरण लुकाएको भन्दै स्वास्थ्य प्रणालीलाई नै गुमराहमा राख्न खोजेको जनाएका छन् । नियमअनुसार यी ४ खेलाडीले या त देश छोड्नुपर्ने वा १४ दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान छ ।

एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया तथा टोटेनहम हट्स्परका क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो अर्जेन्टिनी टोलीमा रहेका छन् । मार्टिनेज, रोमेरो र लो सेल्सोले अर्जेन्टिनाको सुरुवाती रोजाइमा नै खेलिरहेका कारण पनि एन्भिसाले खेल रोक्न बल प्रयोग गरेको थियो । आफ्नो ट्वीटरमार्फत एन्भिसाले यी खेलाडीले नियम तोडेको र त्यसै अनुरुप कारवाही हुने जनाएको छ ।

अन्य प्रिमियर लिग क्लबले आफ्नो खेलाडीलाई यस्तै समस्याका कारण दक्षिण अमेरिकी छनोट खेल्न दिएका थिएनन् । ब्राजिल आफैंले पनि प्रिमियर लिगमा खेलेका ९ खेलाडीलाई प्रयोग गर्न पाएन । अर्जेन्टिनाले भने क्लबहरुसँग समन्वय गर्दै समयमा नै खेलाडी छाड्ने आश्वासन दिएको थियो ।

अर्जेन्टिनाले मैदान छाडेको एक घण्टासम्म पनि ब्राजिलका खेलाडीले भने खेल सुचारु हुने आशमा मैदान छाडेका थिएनन् । तर खेल सुचारु हुन नसक्ने भएपछि रेफ्रीले खेल रद्द भएको घोषणा गरेका छन् । अब रेफ्रीले आफ्नो अधिकारिक रिपोर्टमा लेखेको विवरणका आधारमा फिफाको अनुशासन समितिले यस खेलबारे निर्णय गर्नेछ ।

यसैपनि दक्षिण अमेरिकी छनोटका खेल सम्पन्न गर्न फिफाले आफ्नो नियमित तालिका परिवर्तन गर्दै एकै अन्तर्राष्ट्रिय ब्रेकमा तीन खेल खेलाउन दिएको थियो । ब्राजिल र अर्जेन्टिनाको खेल रद्द हुँदा फिफालाई क्यालेन्डर मिलाउन कठिन हुने भएको छ । खेल पुन: सुचारु हुने वा अर्जेन्टिनालाई कारवाही हुने बारे फिफाको अनुशासन समितिले नै निर्णय गर्नेछ ।

हालसम्म सम्पन्न खेलमा भने ब्राजिल र अर्जेन्टिना दुवै अपराजित रहेका थिए । छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले आफूले खेलेको सबै ७ खेलमा जित हासिल गर्दा अर्जेन्टिना दोस्रो स्थानमा अपराजित नै छ । अर्जेन्टिनाले ७ खेलमा ४ जित र ३ बराबरी खेलेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.