default_image

3 years ago

September 9, 2021

इटालीको सानदार जित

एजेन्सी – फरवार्ड मोइस किनले दुई गोल तथा अर्का फरवार्ड फेडरिको बर्नरडेस्चीले दुई असिस्ट दिएपछि युरोपेली च्याम्पियन इटालीले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले लिथुआनियामाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । मापी स्टेडियम इटालीमा बुधबार राति भएको खेलमा इटालीको फराकिलो जितमा मोइस किनले […]

33 views

0 Bookmark

एजेन्सी – फरवार्ड मोइस किनले दुई गोल तथा अर्का फरवार्ड फेडरिको बर्नरडेस्चीले दुई असिस्ट दिएपछि युरोपेली च्याम्पियन इटालीले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा इटालीले लिथुआनियामाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । मापी स्टेडियम इटालीमा बुधबार राति भएको खेलमा इटालीको फराकिलो जितमा मोइस किनले दुई तथा जियाकोमो रास्पाडोरी र जियोभानी डि लोरेन्जोले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

खेलको ११औं मिनेटमा मोइस किनको गोलबाट इटालीले गोलको खाता खोलेको थियो । १४औं मिनेटमा इडगारास उटकुसले आत्मघाती गोल गरेपछि इटालीले २–० को अग्रता बनायो । २४औ मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई ३–० ले अघि बढाए ।

मोइस किनले २९औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा व्यक्तिगत दोस्रो तथा इटालीको लागि चौथो गोल गरेपछि इटालीको खेलको २९ मिनेटभित्र नै ४–० को आरामदायी अग्रता लिएको थियो । ५४औं मिनेटमा जियोभानी डि लोरेन्जोले फेडरिको बर्नरडेस्चीको पासमा गोल गर्दै इटालीलाई ५–० को सानदार जित दिलाए ।

यही समुहको अर्काे खेलमा नर्दन आयरल्यान्ड र स्वीट्जरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो जितसँगै इटालीले समूह ‘सी’ मा ६ खेलबाट १४ अंक जोडेर आफ्नो शीर्षतालाई यथावत राखेको छ ।

लिथुआनियाले अंकको खाता खोल्न सकेको छैन । दुवै टोलीले समान ४ खेलबाट स्वीट्जरल्यान्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहँदा नर्दन आयरल्यान्ड ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बुल्गेरियाको पनि ५ अंक छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.