default_image

3 years ago

September 9, 2021

राष्ट्रिय टोलीमा प्रीति र सविताको ‘डेब्यु’

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर प्रीति राई र फरवार्ड सविता रानाले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलबाट सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा प्रीतिले राािष्ट्रय टोलीमा डेब्यु गरेकी हुन् ।उमेर समूहको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रीतिले उमेर समूहमा कप्तानीसमेत गरिसकेकी छिन् । गत सिजनदेखि विभागीय नेपाल एपिएफ क्लबबाट […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर प्रीति राई र फरवार्ड सविता रानाले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलबाट सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा प्रीतिले राािष्ट्रय टोलीमा डेब्यु गरेकी हुन् ।
उमेर समूहको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रीतिले उमेर समूहमा कप्तानीसमेत गरिसकेकी छिन् ।

गत सिजनदेखि विभागीय नेपाल एपिएफ क्लबबाट व्यवसायिक खेल खेलिरहेकी छिन् । उनी १३औं सागको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा पर्न सकेको थिएन् ।

सविताले पहिलो रोजाईमा खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्युको अवसर पाएकी हुन् ।

उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेकी रौतहटकी सविताले पछिल्लो महिला राष्ट्रिय लिगमा प्रभाव जमाएपछि पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको पहिलो अवसरमै राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएकी हुन् ।

नेपालको सुरुवाती ११:

एन्जिला तुम्बापो सुब्बा, अमृता जैसी, पुजा राना, गिता राना, हिरा भुजेल, रेनुका नगरकोटे, मन्जली तामाङ, सरु लिम्बु, विमला चौधरी, प्रिती राई, सविता राना

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.