default_image

3 years ago

September 9, 2021

पहिलो हाफ – बंगलादेशविरुद्ध नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीविरुद्ध २–० को अग्रता लिएको हो । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीविरुद्ध २–० को अग्रता लिएको हो । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । बिमला चौधरीको क्रसलाई सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जोली चुमाएकी थिइन् ।

२३औं मिनेटमा डेब्यु सब्सिच्युट मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सरु लिम्बुले दिएको चलाखीपुर्ण पासमा प्रीतिले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोलरक्षक रुप्ना खातुन अघि बढेको अवस्थामा सहजै फिनिस गरेकी थिइन् । दोस्रो हाफको खेल केहीबेरमा सुरु हुने छ ।

राष्ट्रिय टोलीले फिफा क्यालेन्डरमा पहिलोपल्ट दशरथ रंगशालामा खेल्ने अवसर पाउदा सविता र प्रीतिले पहिलो रोजाईमा खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।

उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेकी रौतहटकी सविताले पछिल्लो महिला राष्ट्रिय लिगमा प्रभाव जमाएपछि पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको पहिलो अवसरमै राािष्ट्रय टोलीबाट खेल्ने अवसर पाएकी हुन् ।

उमेर समूहको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रीतिले उमेर समूहमा कप्तानीसमेत गरिसकेकी छिन् । गत सिजनदेखि विभागीय नेपाल एपिएफ क्लबबाट व्यवसायिक खेल खेलिरहेकी छिन् । उनी १३औं सागको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा पर्न सकेको थिएन् ।
एसियन कप छनोटको तयारीलाई यो मैत्रीपुर्ण खेल खेलिएको हो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.