default_image

3 years ago

September 9, 2021

‘प्रदर्शनबाट सन्तुष्ट छु’- प्रशिक्षक फिलिप्स

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबलको पहिलो विदेशी प्रशिक्षकका रुपमा अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले विजयी सुरुवात गरेका छन् । महिला टोलीको प्रशिक्षकका रुपमा उनको र दशरथ रंगशालामा नेपाली टोलीको बिहीबार डेब्यू खेल थियो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले २–१ जित हासिल गर्दा ४ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यू पनि गरे । प्रिती राई र सविता […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबलको पहिलो विदेशी प्रशिक्षकका रुपमा अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले विजयी सुरुवात गरेका छन् । महिला टोलीको प्रशिक्षकका रुपमा उनको र दशरथ रंगशालामा नेपाली टोलीको बिहीबार डेब्यू खेल थियो ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले २–१ जित हासिल गर्दा ४ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यू पनि गरे । प्रिती राई र सविता रानाले पहिलो राजाइमा खेल्दा सृजना सिंह र रश्मी कुमारी घिसिङले दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यू गरे । सविता र प्रितीले डेब्यू खेलमै गोल गर्दा नेपाली टोलीले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बंगलादेशले एक गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाएको थियो । गोलकिपर एन्जिला तुम्बापो सुब्बाले दुई कठीन बचाउ गर्दा नेपाली टोली अग्रता जोगाउन सफल रह्यो । खेलपछि मुख्य प्रशिक्षक फिलिप्सले योजना अनुसार नै टोलीले पहिलो हाफमा प्रदर्शन गरेको जनाए ।

दोस्रो हाफमा खेलाडी थाकेको उल्लेख गर्दै उनले भने, ‘मैदान अलिक भारी थियो । मैदान ओसिलो भएकोले खेल्न कठीन भयो । हाम्रो टोलीले प्राकृतिक मैदानमा धेरै खेल्न पाएका छैनन्, त्यसले केहि गाह्रो भयो । दोस्रो हाफमा प्रदर्शन कमजोर भयो । समग्रमा प्रदर्शनबाट सन्तुष्ट छु ।’

झण्डै डेढ महिनादेखि एएफसी एसियन कप छनोटको तयारीमा टोलीे सातदोबाटोस्थित एन्फाको कृतिम मैदानमा अभ्यास गर्दै आएको छ । फिलिप्सले आइतबार सोही टोलीविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेलमा पनि रणनीतिमा उही भएपनि खेलाडी भने परिवर्तन हुने आशय व्यक्त गरे । ‘ हाम्रो रणनीति यहि नै हो । केहि खेलाडी यता उता हुन सक्छ’, उनले थपे, ‘आजको खेलमा मिडफिल्डमा बल बढी गुमाएका थियौं । त्यसले विपक्षी टोलीलाई फाइदा भयो । यसलाई सुधार गर्नेछौं ।’

फिलिप्सले फरवार्ड लाइनको प्रदर्शनबाट सन्तुष्ट रहेको जनाए । ‘प्रिती र सवितालाई फरवार्डमा सरु लिम्बु र विमला चौधरीले सघाएका थिए । ‘ हाम्रो आक्रमणका तीनै जनाले पहिलो हाफ राम्रो खेले’, प्रशिक्षकले थपे, ‘विशेषगरि प्रितिले राम्रो प्रदर्शन गरिन् । आफूसँग भएको प्रतिभा निडर भएर देखाइन् । कलिलो उमेरमै राम्रो खेलाडी छिन् ।’

उनका समकक्षी बंगलादेशी प्रशिक्षक गोलाम रोब्बानी छोटोले भने दोस्रो हाफमा टोलीले सुधारिएको प्रदर्शन गरेको बताए । नेपाली टोलीलाई बधाई दिनै उनले भने, ‘हामीले पहिलो हाफमा दुई वटा गल्ति गर्यौं र त्यसमै गोल खायौं । दोस्रो हाफमा हामीले राम्रो पुनरागमन गर्यौं । अर्को खेलमा प्रदर्शन सुधारको प्रयास गर्नेछौं । नेपाललाई जितको लागि बधाई दिन चाहन्छौं ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.