default_image

3 years ago

September 10, 2021

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

एजेन्सी – कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा बोलिभियालाई पराजित गरेको छ । ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पारेको हो । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको […]

79 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा बोलिभियालाई पराजित गरेको छ ।

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पारेको हो । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको सुरुवातदेखि नै आक्रामक खेल पस्किएको अर्जेन्टिनाले १४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा एन्जल डि मारियाको पासमा लोउटारो मार्टिनेजले गोल गरेपनि गोलले मान्यता नपाउँदा अर्जेन्टिना अग्रता दोब्बर पार्नबाट चुक्यो । ४१औं मिनेटमा मेस्सीको पासमा मार्टिनेजले ८ यार्ड टाढाबाट गरेको प्रहार बाहिरियो । ४३औ मिनेटमा मेस्सीको सुवर्ण अवसर खेर फाल्दा अर्जेन्टिनाले अग्रता दोब्बर पार्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीको पासमा एन्जल डि मारियाको प्रहारलाई बोलभियाका गोलरक्षक कार्लाेस लाम्पेले लोउटारो मार्टिनेजले भेट्न नपाउँदै बाचाए । ६४औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा उत्कृष्ट फिनिसिङको नमुना पेश गरेका थिए ।

७०औं मिनेटमा मार्टिनेजले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । ८३औं मिनेटमा निकोलस गोन्जालेजले अर्काे अवसर सदुपयोग गर्न सकेनन् । ८९औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए । अर्जेन्टिनाबाट १५३ खेलमा उनको यो ७९औं गोल हो ।

यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै कोलम्वियाले घरेलु मैदानमा चिलीलाई ३–१ ले पराजित गरेको छ । कोलम्वियाको जितमा मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले पराजित गरेको छ । उरुग्वेको जितमा गास्टन पेरेइरोले खेलको अन्तिम समयमा विजयी गोल गरे । यो जितपछि उरुग्वे ९ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित इक्वेडर १३ अंक जोडेर चौथौ स्थनमा झरेको छ ।

यस्तै अर्काे खेलमा पाराग्वेले भेनेजुएलालाई २–१ ले पराजित गरेको छ । पाराग्वेको जितमा हेक्टर मार्टिनेज र एलेसान्द्रो रोमेरोले गोल गर्दा भेनजुएलाका जोन चान्सेलरएल गोल फर्काए । यो नतिजापछि पाराग्वेको ९ खेलबाट ११ अंक पुगेको छ । भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.