default_image

3 years ago

September 10, 2021

मेस्सीले पेलेको कीर्तिमान तोडे

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् । यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो […]

63 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।

यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । ६ पटकको बालोन डि ओर विजेता मेस्सीले १५३ खेलमा ७९ गोल गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । मेस्सीले यसअघि गत डिसेम्वरमा एकै क्लबाट सर्वाधिक गोल गर्ने पेलेकै कीतिमान तोडेका थिए । पेलेले ब्राजिली क्लब सान्तोषका लागि ६४३ गोलको सर्वाधिक कीर्तिमान राख्दा मेस्सीले क्याटलान क्लब बार्सिलोनाबाट सर्वाधिक ६७२ गोल गरेका छन् ।

मेस्सीले बोलिभियाविरुद्धको खेलको १४औं मिनेटमा गोल गर्दै पेलेको कीर्तिमानलाई बराबरी गरेका थिए । ६५औं मिनेटमा मेस्सीले अर्काे गोल थप्दै पेलेको सर्वाधिक गोलको कीर्तिमान तोडेका हुन् । उनले ८९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि राष्ट्रिय टोलीबाट ७९ गोल गर्दै जाम्वियाका गुडफ्रे चितालुको ७९ गोललाई बराबरी गर्न सफल भए ।

३४ वर्षीय मेस्सी विश्व फुटबलमा सर्वाधिक गोलकर्ताको सुचीमा छैटौ स्थानमा समेत उक्लिन सफल भएको छ । उनले जाम्वियाका गुडफ्रे चितालुको ७९ गोललाई बराबरी गरेका छन् । विश्व फुटबलमा १११ गोलसहित पोर्चुगिज क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा रहेको छ ।

३६ वर्षीय रोनाल्डोले गत साता उत्तरी आयरल्यान्डविरुद्धको खेलमा दुई गोल गर्दै इरानका अली दाईले राखेको १०९ गोलको कीर्तिमान तोडेका थिए । ८९ गोलसहित तेस्रो स्थानमा मलेसियाका मोख्तर दाहारी तथा हंगेरीका फेरेन्क पुुस्कास ८४ गोलसहित शीर्ष चारमा रहेका छन् ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.