default_image

3 years ago

September 10, 2021

नेयमार चम्कदा ब्राजिल अपराजित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार फरवार्ड नेयमारले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गरेको छ । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि २–० को जित निकाल्दै विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गर्दै विश्वकपमा छनोटको यात्रालाई थप […]

40 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार फरवार्ड नेयमारले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गरेको छ ।

घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि २–० को जित निकाल्दै विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गर्दै विश्वकपमा छनोटको यात्रालाई थप मजवुत बनाएको हो ।

ब्राजिलको जितमा पहिलो हाफको दुई गोल नै पर्याप्त बन्यो । खेलको १४औं मिनेटमा ब्राजिली क्लब फ्लामेङ्गोका मिडफिल्डर एभर्टन रिवेइरोको गोलबाट ब्राजिलले खेलमा अग्रता लिएको थियो । उनले नेयमारको लो क्रसलाई सदुपयोग गरेका थिए ।

४०औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । रिवेइरोको प्रहारलाई पेरुका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी बक्समै रहेका नेयमारले सहजै फिनिस गरे । ८१औं मिनेटमा नेयमारको ओभरहेड किक क्रसबार बाहिरियो ।

८६औं मिनेटमा गाव्रियल बर्बाेसाको स्थानमा मैदान छिरेका सब्सिच्युट हल्कले सुवर्ण अवसर खेल फाल्दा ब्राजिलले थप अग्रता बढाउन सकेन ।लगातार आठौं जितसँगै ब्राजिल २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अपराजित अर्जेन्टिनाको १८ अंक छ । पराजित पेरु ८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

यस्तै कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गरेको छ । मेस्सीले ह्याट्रिक पुरा गर्दै दक्षिण अमेरिकामा ब्राजिली लेजेन्ड पेलेको नाममा रहेको कीर्तिमान तोडेको छ । यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै कोलम्वियाले घरेलु मैदानमा चिलीलाई ३–१ ले पराजित गरेको छ । कोलम्वियाको जितमा मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले पराजित गरेको छ । उरुग्वेको जितमा गास्टन पेरेइरोले खेलको अन्तिम समयमा विजयी गोल गरे । यो जितपछि उरुग्वे ९ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित इक्वेडर १३ अंक जोडेर चौथौ स्थनमा झरेको छ ।

यस्तै अर्काे खेलमा पाराग्वेले भेनेजुएलालाई २–१ ले पराजित गरेको छ । पाराग्वेको जितमा हेक्टर मार्टिनेज र एलेसान्द्रो रोमेरोले गोल गर्दा भेनजुएलाका जोन चान्सेलरएल गोल फर्काए । यो नतिजापछि पाराग्वेको ९ खेलबाट ११ अंक पुगेको छ । भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.