3 years ago
September 10, 2021
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति हुने नव प्रवेशी क्लेरमोन्ट फुटविरुद्ध खेल आफ्नो फरवार्डत्रय केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सीविनै खेल्नुपर्ने भएको छ ।
दक्षिण अमेरिकाको विश्वकप छनोटका खेलमा सहभागी नेयमार र मेस्सीले शुक्रबार मात्रै आफ्नो अन्तर्राष्ट्रिय ड्युटी पुरा गरेका छन् । उनीहरु पेरिस पुग्दा ३६ घन्टाको मात्रै समय सीमा पार हुनेछ । फिफाको नियमअनुसार अर्काे खेल खेल्नको लागि कम्तीमा पनि ४८ घन्टाको समय पार गरेको हुनुपर्नेछ ।
यता विश्वकप छनोट दौरान फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पेले चोट बोक्न पुगेका थिए । एमबाप्पेले भने चोटका कारण खेल्नेमा शंका छ । यसर्थ मेस्सीले पीएसजीको घरेलु मैदानमा डेब्युको लागि पर्खनुपर्ने भएको छ । मेस्सीले गत साता रेइम्सविरुद्धको खेलबाट पीएसजीको लागि डेब्यु गरेका थिए । पीएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले आफ्नो मुख्य फरवार्डत्रयविनै खेल्नुपर्ने अवस्था आउने सम्भावना छ ।
शुक्रबार बिहान मेस्सीले बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै विश्व फुटबलका हस्ती ब्राजिली लेजेन्ड पेलेले ५० वर्षअघि राखेको कीर्तिमान दक्षिण अमेरिकाको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका थिए । उनले अर्जेन्टिनाबाट १५३ खेलमा ७९ गोल गरेका छन् । यसअघि पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो ।
यस्तै नेयमारले एक गोल र अर्काे असिस्ट दिएपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार आठौं खेल जित्दै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । एमबाप्पेले गत साता बोस्निया र हर्जेगोविनाकोविरुद्धको खेलमा चोट बोक्दै राािष्ट्रय टोलीबट बाहिरिएका थिए । उनले खेल्नेमा शंका छ ।
यि तीनै फरवार्डले १६ सेप्टेम्वरमा हुने च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा क्लब ब्रुगविरुद्धको खेलमा उपलब्ध हुने सम्भावना छ । च्याम्पियन्स लिगको खेल क्लब ब्रुगको मैदानमा हुनेछ ।
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]