default_image

3 years ago

September 11, 2021

म्यानचेस्टरमा रोनाल्डोको दोस्रो ‘डेब्यु’ को प्रतिक्षा

एजेन्सी – समर ट्रान्सफर (खेलाडी सरुवा बजार) को डेडलाइन डेमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले शनिबार क्लबबाट दोस्रो डेब्यु गर्ने पक्का भएको छ । प्रशिक्षक ओले गनर सोल्सायरले शनिबार घरेलु मैदानमा हुने खेलमा ३६ वर्षिया फरवार्ड शनिबार न्युक्यासलविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् । यसको अर्थ म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको दोस्रो डेब्युको ब्यग्र प्रतिक्षामा […]

52 views

0 Bookmark

एजेन्सी – समर ट्रान्सफर (खेलाडी सरुवा बजार) को डेडलाइन डेमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले शनिबार क्लबबाट दोस्रो डेब्यु गर्ने पक्का भएको छ ।

प्रशिक्षक ओले गनर सोल्सायरले शनिबार घरेलु मैदानमा हुने खेलमा ३६ वर्षिया फरवार्ड शनिबार न्युक्यासलविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् । यसको अर्थ म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको दोस्रो डेब्युको ब्यग्र प्रतिक्षामा विश्व फुटबल रहेका छन् । युनाइटेड ३ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

‘रोनाल्डोले यो साता हामीसँग निकै राम्रो समय बिताएका छन् ।’ सोल्सायरले पत्रकार सम्मेलनमा भने, ‘उनी पक्कैपनि मैदानमा केही बेर रहनेछन् । यो निश्चित छ ।’ पाँच पटकको फिफा वालो डि ओर विजेता रोनाल्डोले गत मंगलबारदेखि टोलीसँगै नियमित प्रशिक्षण गरिरहेका छन् ।

सोल्सायरले रोनाल्डोले ४० वर्षको उमेरसम्म उच्च स्तरको फुटबल खेल्न सक्ने समेत बताएका छन् । रोनाल्डोले युभेन्ट्सबाट यो सिजन सिरी ‘ए’ मा एक खेल खेलेका थिए । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । उनले युनाइटेडसँग २० मिलियन पाउन्डमा २ वर्षको सम्झौता गरेका छन् ।

रोनाल्डोले सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडमा २९२ खेलमा ११८ गोल गरेका थिए । त्यसपछि उनी स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए । सन् २०१८ उनी युभेन्ट्स पुगेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.