default_image

3 years ago

September 11, 2021

रोनाल्डो म्यानचेस्टर युनाइटेडको सुरुवाती ११ मा

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि न्युकासल युनाइटेडविरुद्ध सुरुवाती ११ मा खेल्दै दोस्रो डेब्यु गर्ने भएका छन् । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुँदैछ । प्रशिक्षक ओले गुनार सोल्साएरले रोनाल्डोलाई शनिबारको खेलमा आक्रमणको जिम्मेवारी सुम्पिएका छन् । रोनाल्डोसँगै युनाइटेडको आक्रमणमा यसै सिजन आबद्ध भएका जेडन सान्चो र मेसन ग्रीनवुड रहेका छन् । उनीहरुलाई मिडफिल्डर ब्रुनो फर्नान्डेस, पल पोग्बा […]

30 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि न्युकासल युनाइटेडविरुद्ध सुरुवाती ११ मा खेल्दै दोस्रो डेब्यु गर्ने भएका छन् । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुँदैछ ।

प्रशिक्षक ओले गुनार सोल्साएरले रोनाल्डोलाई शनिबारको खेलमा आक्रमणको जिम्मेवारी सुम्पिएका छन् । रोनाल्डोसँगै युनाइटेडको आक्रमणमा यसै सिजन आबद्ध भएका जेडन सान्चो र मेसन ग्रीनवुड रहेका छन् । उनीहरुलाई मिडफिल्डर ब्रुनो फर्नान्डेस, पल पोग्बा र नेमान्जा माटिचले साथ दिने छन् । डिफेन्समा आरोन वान बिसाका, राफैल भारान, ह्यारी मगाएर र लुक शा रहेका छन् । गोलरक्षक डेविड दे हेयाले आफ्नो स्थान नियमित राखेका छन् ।

गत साता मात्र रोनाल्डोले विश्व कप छनोटमा पोर्चुगलका लागि २ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । गणतन्त्र आयरल्यान्डविरुद्ध २–१ को जितमा रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेका थिए । गोलको खुसीयाली मनाउने क्रममा जर्सी फुकालेपछि उनले पहेलो कार्ड पाएका थिए । त्यसअघिको खेलमा पनि पहेलो कार्ड पाएका कारण उनले पोर्चुगलको अर्को खेलमा प्रतिबन्ध बेहोर्नुपरेको थियो । प्रतिबन्धमा रहेका कारण उनलाई टोलीले फुकुवा गरेको थियो ।

त्यस पछि उनी युनाइटेडको प्रशिक्षणमा सामेल हुन इंग्ल्यान्ड् फर्केका थिए । ५ दिनको क्वारेन्टिनपछि उनी मंगलबार टोलीको प्रशिक्षणमा सामेल भएका थिए ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.