default_image

3 years ago

September 11, 2021

टोटेनहम प्यालेसको मैदानमा स्तब्ध

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले स्तब्ध बनेको हो । क्रिस्टल प्यालेसले पहिलो जित हात पार्दा प्रिमियर लिगमा डेब्यु गरिरहेका ओडसोन इडुआर्डले दुई तथा विलफ्रेड जाहा एक गोल गरे । सेलहर्स्ट पार्क […]

41 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले स्तब्ध बनेको हो ।

क्रिस्टल प्यालेसले पहिलो जित हात पार्दा प्रिमियर लिगमा डेब्यु गरिरहेका ओडसोन इडुआर्डले दुई तथा विलफ्रेड जाहा एक गोल गरे । सेलहर्स्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको दोस्रो हाफमा टोटेनहम १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा घरेलु टोलीले उठाउन सफल भएको थियो । ५८औं मिनेटमा जाफेट टान्गान्गा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम संकटमा परेको थियो ।

७६औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । कोनोर गाल्लाघरको क्रसलाई पेनाल्टी बक्समा बेन डेभिसले हातले बल छोएपछि रेफ्रीले क्रिस्टललाई पेनाल्टी प्रदान गरे । जसमा जाहा चुकेनन् ।

८४औं मिनेटमा इडुआर्डले जाहाकै पासमा गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे । यसै ट्रान्सफर विन्डोमा प्यालेस आएका उनले मैदान प्रवेश गरेको २७ सेकेन्डमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडुआर्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–० ले स्तब्ध पारे । उनले काउन्टर अट्याकमा गालाघरको पासलाई गोलमा परिणत गर्दै डेब्यु यादगार बनाए ।

यो जितसँगै क्रिस्टल प्यालेसको ४ खेलबाट ५ अंक पुगेको छ । पराजित टोटेनहमको ४ खेलबाट ९ अंक छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.